मुकुन्द सुवेदी बर्दिया, कात्तिक २९ गते
बर्दियाको बारबर्दिया नगरपालिकाका बाढीपीडितहरुले राहत नपाएको भन्दै आज नरपालिकाको कार्यालय घेराउ गरेका छन् । भने बारबर्दिया नगरपालिका वाड नम्बर १ मा झडप भएको छ । अधिकाश बास्तबिक बाढी पीडितहरुको राहत पाउने नामावलीममा नाम नरहेको र गैरबाढी पीडितहरुलाई राहत बितरण गरेको भन्दै भएको बिबाद भएपछि झडप भएको छ । झडपको क्रममा वडा कार्यालयको टेबुल फुटेको र कुर्सि फालिदिएको बडा अध्यक्ष रामबहादुर थारुले बताउनु भएको छ ।
बर्दियाको बारबर्दिया नगरपालिकाका केही वडाका बाढीपीडितहरुको अन्तिम नामावलीमा नाम छुटेकोले राहत बितरणमा समस्या आएको हो ।

बारबर्दिया नगरपालिकाको वडा नम्बर १ मा हिजो मात्र राहत बितिरण गर्न लाग्दा नाम छुटेका बाढीपीडितहरुले आफुले पनि राहत पाउनु पर्ने माग गर्दै अबरोध गरे पछि बितरण कार्यक्रम स्थगित गरिएको थियो । यसैगरी आज पनि बिभिन्न वडाका बाढीपीडितहरुले बारबर्दिया नगरपलिकाको कार्यालयमा घेराउ गरेका छन् ।

बार बर्दिया नगरपालिका वाड नम्बर १ का बाढीपीडित सिताराम थारुले बाढीपीडितको नामावलीमा नाम नभएकोले राहत बितरण गर्न नदिएको बतउनु भएको छ । यहाँ त गैरपीडितहरु राहत पाउने तर बास्तबिक पीडितहरुले राहत नपाउने स्थिति श्रृजना भएको बताउनु भयो । नाम छुटेका बाढीपीडितहरुले आफु नपाउदा सम्म राहत बितरण गर्न नदिने भनाई रहेको छ । भने नगरपालिका वा वडा कार्यालयले भने छुटेकाहरुको नाम फेरी पठाएका छौ । अर्को पटक फेरी दिन्छौ भनि रहनु भएको छ ।

नेपाल सरकारले २०७४ श्रावण अन्तिम साता आएको बाढीबाट पीडितहरुलाई दशै अगाडी नै दैनिक ७० रुपैयाँका दरले १ महिनाको लागि प्रतिब्यक्ति २ हजार १ सय रुपैयाँ दिने निर्णय गरेको थियो । सो रकम अन्य नगरपालिकामा बितरण भईसकेको छ भने बारबर्दियमा राहत बितरणको काम शुरु भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah