
ललितपुर क्षेत्र नम्बर–१ का बाम गठबन्धनका साझा उमेदवार नवराज सिलवालले कांग्रेस पैसा बोकेर गाउँ पसेको बताएका छन् । सिलवालले नेपाली कांग्रेसले चुनाव हार्ने डरले भोट किन्न पैसा लिएर गाउँ पसेको आरोप लगाए ।
“अघिल्लो पटक चुनाव जितेर जाने नेता फर्केर नआएपछि जनताले गुनासो गरेका छन् । विकासका काम के गर्नु भयो भन्ने जनताले प्रश्न गर्ने भएपछि उहाँ जनताकोमा जान सक्ने अवस्था छैन,” शिलवालले बुधबार वागमती गाउँपालिका–१ घुसेलमा आयोजित गाउँ सभामा भने, “चुनाव हार्ने भएपछि कांग्रेसले स्थानीय आफ्ना नेता तथा कार्यकर्तालाई मतदातालाई पैसा बाँड्न पठाएको खबर पाएका छौं ।”
उनले नेपाली कांग्रेसले जिते आगामी ५ वर्ष फरि जनता अन्धकारमा बस्नुपर्ने भन्दै आफ्नो र सन्ततीको उज्वल भविश्यका लागि पनि आफूलाई जिताउन सिलवालले आग्रह गरे । “एकएक भोटको ठूलो महत्व छ । मतदान भनेको ठूलो दान पनि हो । यो दान गर्ने अवसरलाई यहाँहरुले गुमाउनु हुने छैन भन्ने विश्वास लिएको छु,” उनले भने, “म ठूला आश्वासन बाड्न चाहन्न । पिच नभएको सडकलाई पिच भैसक्यो पनि भन्न चाहन्न । म तपाइँहरुकै माझमा रहन्छु । मतदाताको दुःख सुख बाँड्न चाहन्छु । यसका लागि तपाईंको भोट मलाई चाहिन्छ ।”
उनले नेपालको राजनीति जनतासँग नजोडिएको भन्दै जनताको जीवनीशैली परिवर्तन गर्ने राजनीतिको खाँचो रहेकोमा सिलवालको जोड छ ।
“स्रोत र साधन हामी सँगै छ, पर्यटनको अथाह सम्भावना छ, मात्रै यसको प्रयोग कसरी गर्ने भन्ने सोच र शैली मात्रै पनि हामी राजनीतिज्ञले दिन सक्यौं भने हामीले हाम्रा छोराछोरी विदेश पठाउनु पर्दैन,” सिलवालले भने, “हानमी नेपालमै विदेश्मा भन्दा दोब्बर कमाउन सक्छौं । मलाई आफ्नो मत दिएर पठाउनुस् तपाइँहरुको प्रतिनिधिको हिसावले म यो कामका लागि प्रतिबद्ध रहनेछु ।”
ललितपुर क्षेत्र नम्बर १ मा सिलवालको प्रतिद्वन्दी नेपाली कांग्रेसका युवा उमेदवार उदय शमसेर राणा छन् ।
https://www.youtube.com/watch?v=czR1Y4bFzqg&t=18s



