ताप्लेजुङ । अहिले उम्मेद्वारहरुले आफ्नै पार्टी वा व्यक्तिगत रुपमा आफुनो आफै समिक्षा गरेर दावी प्रस्तुत गर्ने गरेका छन् । तर ताप्लेजुङमा एमाले सचिव तथा प्रचार विभाग प्रमुख बाम गठबन्धनका साझा प्रतिनिधी सभाका उमेदवार योगेश भट्टराईको सन्र्दभमा भने अनौठो देखिएको छ । विपक्षी दल र उम्मेद्वारले नै योगेशले सात हजार मत बढीले जित्ने स्वीकारेका छन् ।

निर्वाचनमा पराजित गर्न नसकिने निश्कर्ष निकाल्दै ताप्लेजुङ नेपाली कांग्रेसले निक्कै भारी अन्तरले भट्टराई विजयी हुने स्वीकारोक्ति सार्वजनिक गरेको हो । कांग्रेस नेता तथा कार्यकर्ताहरुले आफ्ना विभिन्न बैठकमा योगेशलाई जित्नै नसकिने अवस्था रहेको तथ्य र निश्कर्ष सुनाएका छन् । जिल्लाका अगुवा कांग्रेस नेताहरुको आइतबार साँझ र सोमबार भएका विभिन्न गोप्य छलफल र बैठकमा योगेशले सात हजार बढी मतले जित्ने निश्कर्ष निकालेका एक नेताले बताए ।

बैठकमा सहभागी एक कांग्रेस सदस्यले भने, “योगेशलाई हराउन सकिदैन भन्ने निश्कर्ष अधिकांश नेताको रह्यो । हाम्रो सम्मानजनक मतका लागि प्रयास गरौं भन्ने कुरा रह्यो ।” ती नेताका अनुसार, सम्मानजनक मत ल्याउन सके त्यसैलाई जित मान्नुपर्ने अधिकांश नेता कार्यकर्ताको राय थियो । बैठकमा कांग्रेसले अघि सारेका प्रतिनिधी सभाका उम्मेदवारका बारेमा पनि लामो चर्चा भएको थियो । नगरपालिकाको मेयरमा हारेका लाई पुन प्रतिनिधी सभामा उम्मेदवार बनाएर कांग्रेसले ठूलो गल्ती गरेको धारणा पनि नेताहरुले दोहोर्याएका थिए । बैठकमा सहभागी पूर्वी ताप्लेजुङका एक जिल्ला सदस्यले भने, “योगेशका अगाडी हाम्रा उम्मेदवार नै फिक्का भए । उनीसँग प्रतिस्पर्धा गर्ने नेता नै भएन ।” सदरमुकाम फुङलिङको एक होटलमा काग्रेस नेता तथा पूर्वमन्त्री सुर्यमान गुरुङको उपस्थितिमा भएको भेलामा प्रदेशसभा क्षेत्र न १ उमेदवार लीला बोखिम, युवराज गुरुङलगायत लगायतका नेताहरुको उपस्थिति थियो । बैठकमा प्रदेश सभासमेत कांग्रेसले जित्न नसकिने भन्दै कार्यकर्ताले निराशा व्यक्त गरेका थिए । बैठकमा बाम गठबन्धन र कांग्रेसले ल्याउन सक्ने मतका बारेमा पनि विश्लेषण भएको थियो । २०७० सालको संविधानसमाको चुनाबमा एमालेले दुई बटै क्षेत्रमा जित हासिल गरेको थियो । दुवै क्षेत्रमा माओवादी तेस्रो भएको थिए । अहिले माओवादी र एमालेको गठबन्धन भएको छ यी द्ुई मिल्दा पनि एमाले प्रतिनिधिसभामा १० हजार बढी मतले अगाडी देखिन्छ ।

एमाले माओवादी गणबन्धन हुदा प्रदेश नम्बर १ का उम्मेदवार सुरेन्द्र साम्सोहाङ ६ हजार बढी मतले अगाडी छन् । क्षेत्र नम्बर २ मा त्यो भन्दा ठूलो अन्तरले बाम गठबन्धनका टंक आङबुहाङले विजय प्राप्त गर्दैछन् । एमाले सचिव भट्टराई गृह जिल्ला ताप्लेजुङका ग्रामिण भेगमा चुनावी अभियान चलाएपछि नै कांग्रेस नेतृत्व आत्तिएको थियो । फलस्वरुप हालै सदरमुकाम फुङलिङमा आयोजित कांग्रेस आमसभामा केन्द्रीय नेता बालकृष्ण खाँडले निकृष्ट भाषामा योगेशलाई गाली गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah