काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावी अभियानमा भएका हिंसात्मक घटनातर्फ संकेत गर्दै ओलीले विप्लव माओवादीलाई गैरराजनीतिक काम नगर्न सुझाव दिएका छन् ।
राजधानीमा भएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले विप्लवलाई सुझाव दिँदै भने बरु ‘यातायात नभएका ठाउँमा दुःख पाएकालाई डोकामा बोकेर ल्याउनुस्।’ ओलीले विप्लवलाई ‘भाइ’ सम्बोधन गर्दै सुझाव दिएका थिए।
वर्तमान राजनीतिक प्रणालीले स्थायित्व नल्याउने भए पनि एमाले र माओवादी केन्द्रको चुनावी तालमेल र चुनावपछि हुने एकताले देशमा प्रणालीको विकास हुने उनले दाबी गरे।
आफूहरूको तालमेल र एकताबाट कांग्रेस आत्तिएर अनावश्यक आरोपहरू लगाएको उनले बताए।



