गोरखा : गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि शीर्ष नेताद्वय डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ चुनावी प्रतिस्पर्धामा छन्। गोरखावासीले संसद्मा प्रतिनिधित्वका लागि उनीहरूमध्ये एक जनालाई गुमाउँदै छन्। भट्टराई र श्रेष्ठमध्ये जो भए पनि गुमाउनु दुःखद हुने स्थानीयवासी बताउँछन्।

खोप्लाङ घर भएका भट्टराई नयाँ शक्तिका संयोजक हुन्। अर्थमन्त्री हुँदै प्रधानमन्त्रीसम्म भइसकेका उनी लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका हुन्। माओवादी केन्द्रका शीर्ष नेता श्रेष्ठको घर जौबारीमा छ। उपप्रधानमन्त्रीसम्म भइसकेका उनी वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका हुन्।

‘दुवै जना गोरखालाई मात्र होइन, देशकै लागि चाहिने नेता हुन्’, नेपाल बार एसोसिएसनका जिल्ला अध्यक्ष यादव शर्मा भन्छन्, ‘तर, निर्वाचन प्रक्रियाद्वारा स्वतः एक जना बाहिरिँदै हुनुहुन्छ। सामान्य जनताको आँखाले हेर्दा जो बाहिरिए पनि गोरखाका लागि दुःखद हुनेछ।’

मुलुकलाई अहिलेको अवस्थासम्म ल्याइपुर्‍याउन दुवै नेताको ठूलो योगदान रहेको उनको भनाइ छ। ‘तर, जनताले चाहेर पनि दुवै जनालाई जिताउन सक्दैनन्’, उनी भन्छन्, ‘जो हारे पनि घाटाको विषय हो।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah