कविता
“मेरा उपनामहरु”
समीक्षा थपलिया

जन्म भएकै दिन
हो
जन्म भएकै दिन
पाएका अनेक उपनामहरु
कसैले सोधे फलानो को छोरा कि छोरी ?
अनि पाए पहिलो उपनाम
उहीत हो अर्काको घर जाने जात !
जव नौ/दस वर्षकि भए
आमाको ममता छुट्यो
अनि अर्को उपनाम म त बोक्सी अरे !
उमेर बढ्दै गयो
उमेरसंगै शरीरका अनेक अङ्ग बढ्न लागे
भिन्नभिन्न कामुक नजरहरु
दौडन्थे मेरो खुट्टा र कम्मर हुदै
वक्ष स्थलसम्म
साह्रै घिन लाग्दो उपनाम पाए फेरि
जुन शब्दमा व्यक्त नहोला
केही वयस्क भए
एक प्राकृतिक नियम थपियो म माथि
पीडा र चुनौतीको अन्तिम पराकाष्ठा नाघ्ने गर्थे ती
दिनहरुले
जिउदो लास बनेर गाईको गोठमा लडेकी हुन्थे म
अरु हैन त्यो मेरो रजस्वलाको समय थियो
परिवारमा बोझ थिएँ
जबरजस्ती बाबाले अन्माइदिए घर फेर्दै थिए म
सयाद सजाय भोग्नु पर्छ घर बदल्दा
त्यसैले धेरै रातहरु आसुमा डुबाए मैले
ती रातहरु मेरो पतिका लागि स्वर्ग समान थिए ।
सबैले भन्थे अर्काको घरबाट आएकी
अनि सोच्थे मेरो घर कहा छ ?
सानो गल्तिमा अनेक यातना
थपियो अर्को उपनाम अलक्षिना
विवाहको केही महिनपछि शरीरको आकार बदलियो
नौ महिनाको नर्कमय जीवनमा घाम झुल्केको दिन
मेरो छोराको जन्म यो बेलाको उपनाम केही सहज थियो
जब छोरा ठूलो भयो
सहरबाट पढेर फर्कियो
उसलाई पढ़ाउदा बाले पेवा भनेर दिएको माली गाई बेचेकी थिएँ
एउटा सारी टालेर चार बर्ष लाएकी थिएँ
उदेश्य एउटा थियो छोराको सुन्दर भविष्य
उसले विवाह गर्यो
अव सायद
उसको जीवन शैली अनुसार म सुहाउने थिइन
उसकी श्रीमती (मेरी बुहारी) ले दिएको अर्को उपनाम
थाङ्ग्ने बुढी
यो अवस्थामा मलाई देख्न सकेन छोराले
त्यसैले लगेर राख्यो मलाई वृद्धाआश्रममा
तर खुसि छु म, सुखी नै छु
किनकि मेरो छोरा खुसि छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah