दोलखा– नेपाली कांग्रेसबाट कालिञ्चालेक गाउँपालिका वडा नं १ को अध्यक्षमा निर्वाचित बाबुलाल थामीले आफू कुनै पार्टीको भोट नमाग्ने भन्दै एमाले उम्मेदवारलाई सहयोग गर्ने घोषणा गर्नुभएको छ । चुनावी अभियानको क्रममा सो वडामा पुगेका एमाले पोलिटब्युरो सदस्य तथा प्रदेश सभा २ का उम्मेदवार पशुपति चौलागाईसहितका नेतासँग थामीले सो घोषणा गर्नुभएको हो । थामीको भनाई जस्ताको तस्तै ।

बिकासको कुरामा नेताहरुले प्रष्ट्याउनु हुन्छ, मैले माग्न जानु पर्ने एमाले नेतासँगै जानु पर्छ, गाउँको बिकाशमा एमालेकै सहयोग चाहिन्छ । जिल्ला समन्वय, गाउँपालिकादेखि ल्याएर जनताको सेवा गर्नु छ । चुनावको बिषयमा म २०४९ सालमा एमालेको तर्फबाट गाविस सदस्य उठेको । त्यसदेखि म एमालेमै रहेको थिए, मकरजी यही हुनुहुन्छ, नेपाली कांग्रेसमा आउनोस भनेर कर गर्नुभयो, कांग्रेस बनाइ दिनुभयो । मलाई कांग्रेसमा दर्ता गरेपछि उहाँ एमालेमा लाग्नुभयो ।

कांग्रेस भएर बस्दा अस्तीको चुनावमा टिकट पाए, जिते पनि । अव नुन खाइसकेपछि सोझो त गर्नुपर्यो । तर म एमालेका नेता हराउन लाग्दिन । जनताको बीचमा भोट माग्न जानोस, म चाँही एमाले उम्मेदवारलाई भोट नदेउ भनेर जनतालाई भन्दिन । पशुपति चौलागाई तपाई जित्नोस, म यो पार्टी, त्यो पार्टी भन्दिन । कांग्रेसलाई भोट माग्दिन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah