प्रदेश नम्बर २
भरत साह चर्चामा
माओवादीले प्रदेश नम्बर २ मा पूर्वसांसद भरत साह आफूलाई मुख्यमन्त्रीको दाबेदार भनेर प्रचारप्रसार गरिरहेका छन् । उनी ०६३ मा सांसदका रूपमा सिंहदरबार प्रवेश गरेका थिए । दोस्रो संविधानसभा निर्वाचनमा भने महोत्तरी ६ बाट पराजित भएका थिए । त्यस्तै, समानुपातिक सूचीमा रहेका जगत यादवले पनि मुख्यमन्त्रीको दाबी गरेका छन् ।

प्रदेश नम्बर ४
‘पर्ख र हेर’को रणनीतिमा
माओवादी केन्द्र प्रदेश नम्बर ४ मा ‘पर्ख र हेर’ को अवस्थामा छ । प्रदेश नम्बर १, ३, ४ र ७ मा प्रदेश सभामा उठेका माओवादी केन्द्रका नेताले मुख्यमन्त्रीमा दाबी गरेका छैनन् । इच्छा भएकाले पनि मुख खोलेका छैनन् । निर्वाचन जितेपछि मात्र मुख्यमन्त्रीको विषयमा आफ्नो धारणा सार्वजनिक गर्ने रणनीति उनीहरूले बनाएका छन् ।

प्रदेश नम्बर ५
कुलप्रसाद केसीको दाबी
माओवादी केन्द्रले प्रदेश नम्बर ५ बाट कुलप्रसाद केसीलाई मुख्यमन्त्रीका रूपमा अगाडि सारेको छ । उनी रोल्पा (क) बाट उम्मेदवार बनेका छन् । तर, एमालेका तर्फबाट स्थायी समिति सदस्य शंकर पोखरेललाई अगाडि सारिएकाले अवसर कसले पाउने भनेर निक्र्योल हुन निर्वाचन नै पर्खिनुपर्ने स्थिति छ ।

प्रदेश नम्बर ६
भण्डारी र शाही दाबेदार
विना विभागियमन्त्री महेन्द्रबहादुर शाही, पूर्वसांसद नरेश भण्डारीले मुख्यमन्त्रीमा दाबी गरेका छन् । शाहीले कालिकोट (ख) बाट उम्मेदवारी दिएका छन् । भण्डारी जुम्ला (क) बाट उम्मेदवार छन् । शाही दोस्रो संविधानसभा निर्वाचनमा कालिकोटबाट निर्वाचित भएका थिए । भण्डारी पहिलो र दोस्रो संविधानसभामा सभासद् थिए । प्रदेशसभामा समानुपातिक उम्मेदवार पूर्वमन्त्री सत्या पहाडी पनि मुख्यमन्त्रीको दाबेदार हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah