मेचीनगर । नेपाली कांग्रेसमा विगत २८ बर्षदेखि निरन्तर क्रियाशील मेचीनगरकी अग्रणी महिला नेतृ एवम् अन्तर्राष्ट्रिय महिला फुटबल खेलाडी संगीता कार्की राउतले नेपाली कांग्रेस पार्टी परित्याग गरेको घोषणा गरेकी छिन् ।

उनले आज प्रेस विज्ञप्ति प्रकाशित गरी नेपाली कांग्रेसको साधारण सदस्यता समेतबाट राजीनामा गरेको घोषणा गरेकी हुन् ।

२०४६ साल अघिदेखि नेपाल बिद्यार्थी संघमा आवद्ध भई नेपाली कांग्रेसको झापा क्षेत्र नं. १ को क्षेत्रीय कोषाध्यक्ष, नेपाल महिला संघ झापा क्षेत्र नं. १ को सहसचिव र मेचीनगर वडा नं. ४ मा संघको वडा सभापति भइसक्नु भएको उनी नेपाली कांग्रेसको भ्रातृ संस्थाको रुपमा रहेको नेपाल लोकतान्त्रिक खेलकुद महासंघ झापाको जिल्ला कार्य समिति सदस्य समेत थिइन् ।

नेपालको महिला फुटबल क्षेत्रको नक्षत्रको रुपमा चिनिनु भएकी उनी अखिल नेपाल फुटबल संघको महिला समितिको केन्द्रीय सदस्य र महिला फुटबल प्रशिक्षक रही नेपाली महिला फुटबलको विकासमा लागेकीे प्रतिभाशाली व्यक्तित्व हुन् ।

विज्ञप्तिमा महिला नेतृ संगीता कार्की राउतले भनेकी छिन् –‘सचेत नागरिकको रुपमा म नेपाली कांग्रेसका बेथिति र बिकृतिहरुको साक्षी किनारा बसिरहन नहुने निचोडमा पुगेकी छु, तसर्थ आजैका मितिदेखि म नेपाली कांग्रेसको साधारण सदस्यता समेतबाट राजीनामा गरेको घोषणा गर्दछु ।’

नेपाली कांग्रेस निरन्तर राजनीतिक आदर्श, मूल्य र आदर्शहरुबाट बिमुख हुँदै व्यक्तिगत स्वार्थसिद्ध गर्न चाहनेहरुको झुण्डमा पतन हुँदै गएको दावी गर्दै उनले विज्ञप्तिमा भनेकी छिन्–‘पार्टीमा निष्ठापूर्वक खट्ने कार्यकर्ताहरुलाई दाससरह व्यवहार गरिन्छ भने पैसा र पावर भएकाहरु पार्टीभित्र हावी भइरहेका छन् ।’

राम्रोलाई भन्दा हाम्रोलाई प्रोत्साहित गर्ने परिपाटी हुर्किरहेको र त्यागी एवम् प्रतिबद्ध तल्लो वर्गका कार्यकर्ताहरुलाई पाखा लगाउने तमासाले कांग्रेसबाट इमान्दार, पुराना र सिद्धान्तप्रति निष्ठावान कार्यकर्ताहरुको पंक्ति पलायन हुने अवस्था सिर्जना भएको उनको विज्ञप्तिमा उल्लेख छ ।

२०४६ सालपछि सबैभन्दा बढी अवधि सत्तामा नेपाली कांग्रेस बसेको तर उसले राष्ट्रहित र जनहितमा राम्रो काम नगरेका जनाउँदै उनले भनिन्–‘प्रधानमन्त्री र मन्त्रीका कुर्सीहरुमा कैयन पात्र फेरिए, तर उसलाई भोट दिएर जिताउने सामान्य जनता र उसलाई भोट मागेर गाउँ गाउँ र वस्ती वस्ती हिड्ने हामी जस्ता कार्यकर्ताहरुको कहिल्यै भलो हुने काम कांग्रेस पार्टी र त्यसका नेताहरुबाट भएनन् । बरु, राष्ट्रहित र जनहित विपरीतका बिकृत एवम् बिसंगतिपूर्ण गतिविधिहरु एकपछि अर्को गर्दै हुँदै आएका छन् । यस्तो बेथितिलाई रोक्न आग्रह गर्दा नेतृत्व तहबाट अझ संरक्षण र ढाकछोप गर्ने प्रबृत्तिले प्रोत्साहन पाएको हुँदा बेथितिका दृश्यहरु गाउँदेखि केन्द्रसम्मै टुलुटुलु हेरिरहनु पर्ने अवस्था विद्यमान छ । यसबाट कांग्रेस पार्टी अब जनताको हित गर्ने पार्टी रहेन भन्ने निष्कर्ष निस्किएको छ ।’

अध्ययनशील र सबल नेतृत्व क्षमता भएकी उनले स्वतन्त्र नागरिकको जीवन जिउने र आगामी दिनमा सही मार्गमा लाग्दै सामाजिक कार्यमा अघि बढिरहने प्रतिबद्धता व्यक्त गरेकी हुन् ।लोकतन्त्रपोष्ट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah