एमाले अध्यक्ष केपी शर्मा ओलीले  बूढीगण्डकी जलविद्युत् आयोजना चिनियाँ कम्पनी गेजुवाबाट खोस्ने सरकारी निर्णयको बिरोध जनाएकाछन् । ‘निर्वाचनका लागि बनेको सरकारले कसैलाई लाइसेन्स दिने र कसैको खोस्ने होइन,’ उनले भने, ‘एमाले र माओवादी केन्द्र एक भएपछि गठबन्धनको बहुमत आउँछ, सरकार बन्छ साथीहरूलाई अनुमान भएकै छ ।’ यसछि यस्ता निर्णयहरु उल्टने ओलीको भनाइ थियो ।

बूढीगण्डकी जलविद्युत् आयोजना चिनियाँ कम्पनीलाई दिने निर्णय रद्द गरेपछि भएको विरोधलाई लिएर राप्रपा अध्यक्ष थापाले ‘स्वार्थमा धक्का पर्नेको विरोध’ भन्ने अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्तिप्रति लक्षित गर्दै ओलीले आक्रोशपूर्ण जवाफ । ‘कमल थापाले केपी ओलीको स्वार्थमा धक्का प¥यो भन्नु सर्म मान्नुपर्ने हो,’ उनले भने, ‘समालिएर बोल्नुपर्छ । कमल थापालाई कसको बोलीको खण्डन गर्दैछु भन्ने हेक्का हुनुपर्छ ।’

सरकारले प्रतिपक्षसँग कुनै संवाद नगरी काम गरिरहेको आरोप पनि उनले लगाए । ‘एमालेलाई भोलि जे जरुरत छ, त्यो गर्छ र जे रद्द गर्नुपर्ने हो त्यो गर्छ,’ ओलीले भने, ‘एमाले कच्चा खेल खेल्दैन । निर्वाचनका बेला नयाँ शक्ति, अझ नयाँ शक्तिजस्ता विशेषणसहित आएका दलहरूको आलोचना गर्दै ओलीले भने, ‘बरमझियाको पेडाजस्तो ।’

चिकित्सा शिक्षा विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भई आउन ढिला भएपछि डा. केसीले सूचना प्राप्तिका लागि गरेको पहल र आलोचनाबाट पनि ओली निकै आक्रोशित भएका रहेछन् । ‘सरकारी कर्मचारी आफ्ना थान्कामा बसे हुन्छ, राजनीति गर्ने हो भने मैदानमा आए हुन्छ,’ ओलीले भने ।

नेपाली विद्यार्थी विदेश पढ्न जाँदा धेरै रकम विदेसिएको उल्लेख गर्दै ओलीले मेडिकल कलेज कति खोल्ने कसरी खोल्ने भन्ने व्यापारी र सरकारको सरोकारको विषय भएको बताए ।

बूढीगण्डकी जलविद्युत् आयोजना चिनियाँ कम्पनीलाई दिने निर्णय रद्द गरेपछि भएको विरोधलाई लिएर राप्रपा अध्यक्ष थापाले ‘स्वार्थमा धक्का पर्नेको विरोध’ भन्ने अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्तिप्रति लक्षित गर्दै ओलीले आक्रोशपूर्ण जवाफ । ‘कमल थापाले केपी ओलीको स्वार्थमा धक्का प¥यो भन्नु सर्म मान्नुपर्ने हो,’ उनले भने, ‘समालिएर बोल्नुपर्छ । कमल थापालाई कसको बोलीको खण्डन गर्दैछु भन्ने हेक्का हुनुपर्छ ।’

निर्वाचन गराउनुपर्ने काम चलाउ सरकार अन्य काममा पनि लागिरहेको आरोप ओलीले लगाए । ओलीले अहिले भइरहेका बम विस्फोटका घटना नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्दले गराएको र यस्ता घटना स्वीकार्य नहुने चेतावनी पनि दिए । ‘यस्ता आतंकपूर्ण र आतंककारी क्रियाकलाप बन्द गर्नुपर्छ,’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah