नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुँदा कसैले बिहे गरेनन् ? भनेर प्रश्न गरेकाछन् । झापा आउने क्रममा बिराटनगर एयरपोर्टमा पत्रकारहरुसंग कुरा गर्दै ओलीले यस्तो प्रश्न पत्रकारहरुसामु नै तेस्र्याएका थिए ।
नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादु देउवाले कम्प्यूनिष्टको सरकार आए बिहे गर्न पनि पाइँदैन भनि दिएको अभियक्तिको जवाफमा ओलीले यस्तो बताएकाहुन् । उनले भने, होइन म ९ महिना प्रधानमन्त्री हुदा कसैको बिहे नै भएन कि क्याहो ?
सरकार निर्वाचनको बावतवरण बनाउनु भन्दा बिथोल्न लागि परेको आरोप पनि ओलीले लगाएका थिए । ठाँउठाँउमा उम्मेदवारमाथि आक्रमण हुदा सुरक्षा मिलाउन नसक्नु सरकारको ग्रैह्जिम्मवारी भएको उनको भनाइ थियो ।



