नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहाललाई हृदयघात भएपछि नर्भिक अस्पताल लगिएपछि अहिले यहा कडा सुरक्षा ब्यवस्था बनाईएको जनाईएको छ ।
सामाजिक सञ्जाल र अनलाइनहरुमा मृत्यु भएको खबर आउन थालेपछि त्यहाँ आउने भिड बढेसंगै कडा सुरक्षा बनाईएको हो ।
नर्भिक अस्पतालमा नेकपा माओवादी केन्द्रका नेता रामबहादुर थापा लगायतका नेताहरु पुगेका छन् । नर्भिक अस्पतालमा अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ ।
उनी बिहान बिरामी भएपछि नर्भिक अस्पताल ल्याइएको बताइएको छ । नर्भिक अस्पतालमा अहिले माओवादीका शीर्ष नेताहरु आउने क्रम जारी छ ।



