काठमाडौं । परिवार नै निर्वाचनको माहोलमा होमिएका वेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को परिवारमा बज्रपात परेको छ ।

आइतबार प्रचण्डका स्वकीय सचिव समेत रहेका एकमात्र छोरा प्रकाश दाहालको असामयिक निधनभएपछि दाहाललाई पुत्रशोकको बज्रपात परेको हो ।

लाजिम्पाटस्थित निवासमा शनिबार राति सुतेका प्रकाश बिहान ढिलोसम्म नउठेपछि हेर्दा उनी अचेत अवस्थामा फेला परेका थिए । तत्कालै उनलाई अस्पताल पुर्याइएपनि उनलाई चिकित्सकहरुले उनलाई बचाउन सकेनन् ।

प्रकाश प्रचण्डका एकमात्र छोरा हुन् । प्रकाशका श्रीमती र एक छोरा छन् । प्रकाश पत्नी बिना मगर कञ्चनपुर १ बाट प्रतिनिधि सभाका लागि उम्मेदवार छिन् भने बुबा प्रचण्ड चितवन निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका छन् ।

माओवादी सशस्त्र जनयुद्धमा समेत सहभागि भएका प्रकाश पछिल्लो समय बुबा प्रचण्डको सहयोगीको रुपमा रहदै आएका थिए । प्रकाश मिडिया फे्रण्डलीका रुपमा समेत चिनिन्थे ।

समबेदना
पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालका पुत्र प्रकाश दाहालको निधन भएपछि विभिन्न दलका नेताहरुले समवेदना व्यक्त गरेका छन् ।

प्रधामन्त्री शेरबहादुर देउवाले प्रचण्डका छोरा प्रकाशको अल्पायुमै भएको निधनले आफू मर्माहत भएको सामाजिक सञ्जाल ट्वीटरमार्फत समावेदना व्यक्त गरेका छन् ।  त्यस्तै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पनि सामाजिक सञ्जालबाट समवेदना व्यक्त गरेका छन् ।

यसैगरी राप्रपाका अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाले दाहालको निधनको समाचारले स्तब्ध भएको बताएका छन् । सामाजिक सञ्जालमा उनले ‘व्यक्तिगत रुपमा उनी असल मानिस थिए । दिवंगत आत्माको चीरशान्तिको कामना गर्दछु । प्रचण्डजी, सिताजी र सम्पूर्ण दाहाल परिवारमा यो असह्य पीडा सहनसक्ने शक्ति भगवानले प्रदान गरुन् । हार्दिक समवेदना,’ भनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah