प्रचण्ड पुत्र प्रकाश दाहालको निधन ‘आकस्मिक हृदयघात’बाट भएको नर्भिक अस्पतालले बताएको छ । माओवादी अध्यक्ष प्रचण्ड अस्पताल पुगेपछि चिकित्सकहरुले प्रकाशको निधनको औपचारिक जानकारी गराएको छ ।

डा यादव भट्टका अनुसार प्रकाशलाई विहान साढे ५ बजे अस्पताल ल्याइपुर्‍याइएको थियो, जतिबेला उनको पल्स थिएन भने हात चिसो र शरीर केही कडा भइसकेको थियो । चिकित्सकहरुले विहान ६ बजे मृत्यु भएको घोषणा गरेका थिए । त्यसअघि सबै जाँच गरिएको थियो ।

दिउँसो साढे १ बजेदेखि श्रद्धान्जलीका लागि  पार्टी कार्यालयमा राखिने र अपराह्न्न चार बजेपछि पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् । प्रकाश दाहालको शव प्रहरीले पोस्टमार्टम गर्ने तयारी गरे पनि परिवारको अनुरोधमा उनको शव पोस्टमार्टम नगरिने प्रहरीले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah