हृदयाघातका कारण निधन भएका प्रकाश दाहालको पशुपति आर्यघाटमा अन्त्येष्टि भएको छ । उनलाई पिता पुष्पकमल दाहाल प्रचण्डले दागवत्ती दिएका छन् ।
आफ्ना एक मात्र छोरा प्रकाश दाहाललाई दागवत्ती दिँदा उनी निकै भावविह्वल बनेका थिए । कोट फुकालेर उनले आफ्नो छोराको पार्थीव शरीरमा दागवत्ती दिएका हुन् ।
अन्त्यष्टि अघि आजै दाहालको पार्थिव शरीरलाई अन्तिम श्रद्धान्जलीको लागि माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिशडाडामा राखिएको थियो ।
झापामा चुनावी कार्यक्रमका लागि रहेका प्रचण्ड काठमाडौं आएसँगै प्रकाश दाहालको शव पार्टी कार्यलय लगिएको थियो ।
पशुपति आर्यघाटमा विभिन्न दलका नेता, कार्यकर्तासहित हजारौं सर्वसाधारणको उपस्थिति रहेको छ ।



