आसन्न निर्वाचनको मतदान प्रकृयालाई सहज बनाउन मुलुक भरका बिद्यालय ८ दिन बिदा हुने भएका छन । निर्वाचन आयोगको आग्रहमा सरकारले बिद्यालय बिदा दिन लागेको हो ।
अधिकाशं स्थानमा विद्यालयमा नै मतदान केन्द्र हुन भएको तथा विद्यालयको पठनपाठन प्रवाभित हुने भएकाले विद्यालय बन्द गर्न निर्वाचन आयोगले आग्रह गरेको हो ।
आयोगका अनुसार मंसिर १० गते निर्वाचन हुने ठाँउमा ७, ८, ९ र १० गते विद्यालय बन्द हुनेछन । भने मंसिर २१ गते निर्वाचन हुने जिल्लामा १८, १९, २० र २१ गते विद्यालय बन्द हुनेछन ।



