हृदयघातका कारण निधन भएका पूर्व प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ ।

प्रकाश दाहालको पार्थिक शरीरमा बुबा पुष्पकमल दाहालले दागवत्ती दिएर अन्त्येष्टि गरिएको हो। यसअघि पूर्व प्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, पूर्व प्रधानमन्त्री एवम् नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई, पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलगायत विभिन्न पार्टीका नेताहरुले प्रकाशको पार्थिक शरीरमा अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए।

माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य समेत रहेका प्रकाशको आईतबार बिहान अस्पताल ल्याउँदा ल्याउँदै बाटोमै मृत्यु भएको नर्भिक इन्टरनेसनल अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार प्रकाशलाई आइतबार बिहान ५:५० मा अस्पतालको इमर्जेन्सीमा ल्याइएको थियो । उनको शरीरमा जीवनको कुनै संकेत थिएन । शरीर चिसो थियो । आँखाको नानी खुलीसकेको थियो । चिकित्सकले उनलाई ५:५९ मिनेटमा मृत घोषणा गरेका थिए ।

प्रकाशलाई बिहान साढे ५ बजे उनका दुई सहयोगीले अस्पताल ल्याइपुर्‍याएको अस्पतालले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah