नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि छातीमा समस्या आएपछि राजधानीको ओम अस्पतालमा भर्ना भएका छन्।

जनकपुरमा चुनाव प्रचारका क्रममा सास फेर्न गाह्रो भएपछि नेता निधि सोमबार काठमाडौं आए लगत्तै अस्पताल भर्ना भएका हुन्। निधिलाई पेट रोग विशेषज्ञ डा राहुल पाठक र छाती रोग विशेषज्ञ डा सुबोध सागर ढकाल लगायतको टोलीले उपचार गरिरहेको छ।

चिकित्सकहरुले उनलाई सास फेर्न गाह्रो हुनुका साथै ज्वरो पनि आएकाले निमोनिया भएको आशंका गरेका छन्।

उपचारमा खटिएका डा पाठकले स्वास्थ्यखबरलाई भने, ‘निधिको रुटिन टेस्ट गराउने क्रममा छौं। हामीले निमोनियाको आशंका गरेका छौं।’ निधि अपराह्न साढे ४ बजे अस्पताल पुगेका थिए।

नेता निधि मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनमा धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन्। स्वास्थ्यखबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah