माओबादी केन्द्र अध्यक्ष प्रचण्डपूत्र प्रकाश दाहालको मृत्युको बिषयमा बिभिन्न तरिकाले छरिएका भ्रमहरु सत्य नभएको पाईएको छ ।

प्रकाशको बिषयमा बिभिन्न टिकाटिप्पणि भइरहेको बेला नर्भिक अस्पतालका एक जना डाक्टरले मादक पदार्थ लगायत त्यस्ता शरिरलाइ हानि गर्ने केहि पनि सेवन गरिएको देखिएको थिएन । सुतिरहेका बेला उनलाई उठाउन जाँदा अचेत फेला परेपछि सहयोगीले उनलाई अस्पताल पुर्याएका थिए ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको निधन ‘आकस्मिक हृदयघात’ का कारण भएको अस्पतालले जनाएको छ । “बिहान ५ बजेर ५० मिनेटमा दुईजना सहयोगीले अस्पताल ल्याएका थिए,” चिकित्सक जेपी जैसवालले पत्रकारहरुसँग भने, “यहाँ ल्याउँदा मुटुको गति केही पनि थिएन ।

शरीर एकदमै कडा भैसकेको थियो । ३ घण्टा अघि नै शरीर त्यागेको हुन सक्छ । हामीले करिब ६ बजे नै उहाँको निधन भैसकेको घोषणा गरेका थियौं । केही सेवन गरेको पनि त्यस्तो देखिँदैन ।”

शरिरमा बिभिन्न चोट रहेको भनेर भ्रम समेत छरिएको पाईएको छ । कुनै प्रकारको चोटपटकहरु शरिरका कुनै पनि भागमा रहेका थिएनन् । नर्भिक अस्पताल श्रोतका अनुसार मृत्यु भइसकेको अवस्थामा प्रकाशलाइ ल्याइएको र शंका गर्नु पर्ने कुनै पनि अवस्थाहरु थिएन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah