काठमाडौं, ४ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पुत्र वियोगमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मर्मस्पर्शी शोकपत्र लेखेका छन् ।
ओलीले प्रचण्डपुत्र प्रकाश दाहालको निधनपछि आफ्नो आधिकारिक हस्ताक्षरसहित पार्टीको लेटरहेडमा सोमबार शोकपत्र लेखेका हुन् । उनले प्रकाशको निधनले आफूलाई स्तब्ध र भावविह्वल बनाएको उल्लेख गरेका छन् ।
निर्वाचनमा वाम गठबन्धनको एक प्रमुख नेताको जिम्मेवारी र यहीबेला पुत्र वियोगमा प्रचण्डको दोहोरो पीडाको अनुभूति आफूले पनि गरिरहेको उनले लेखेका छन् ।
हेर्नुस् पत्रः




