वाम गठबन्धनले आज चितवनको भरतपुरमा गर्न लागेको विशाल जनसभालाई सम्वोधन गर्न एमाले र माओवादीका शीर्ष नेताहरु चितवन आएका छन् ।
भरतपुरको केन्द्रिय वस टर्मीनलमा अहिले केहिवेरमा हुने सभामा सहभागी हुन एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले बरिष्ठ नेता माधवकुमार नेपाल, माओवादी केन्द्रका नेता रामबहादुर थापा लगायतका नेता चितवन आइसकेका छन् । दाहाल चितवन आएर छोरी रेणुको निवासमा केहीवेर आराम गर्न गएका छन् उनी परिवारका सदस्यहरुसहित चितवन आएको माओवादी चितवनका इन्र्चाज इश्वरी भट्टराईले जानकारी दिए ।

पुत्रशोकमा रहेका प्रचण्डले सभालाई सम्वोधन नगर्ने जनाइएको छ । एमाले अध्यक्ष केपी ओलीलाई भरतपुर विमानस्थलमा एमाले र माओवादीका जिल्ला नेताहरुले स्वागत गरेका छन् ।

प्रचण्डकै आग्रहमा आजको सभा गर्न लागिएको हो । जनसभामा स्वर्गीय प्रकाश दाहाललाई श्रद्धान्जली दिइने छ । प्रकाश दाहालको निधनको शोकमा माओवादी केन्द्रले आज देशभरका निर्वाचन क्षेत्रमा श्रद्धाञ्जली सभा गर्दै छ । सभामा सहभागी हुन जिल्लाका जनताहरु विभिन्न सवारी साधानमा भरतपुर केन्द्रिय वसटर्मिनल आउने क्रम जारी छ । ठूलो संख्यामा सवारी साधानहरु भरतपुर ल्याइएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah