ताप्लेजुङबासी सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरु, 

नयाँ संविधानलाई संस्थागत गर्ने गरी देश चुनावी माहौलमा होमिएको यस घडीमा आफ्नो गृहजिल्ला ताप्लेजुङका बुवाआमा, दाजुभाइ, दिदीबहिनीलाई सम्बोधन गरिरहँदा मलाई गर्वबोध भइरहेको छ।

ताप्लेजुङसँग मेरो जीवन र सपना जोडिएको छ। यो ठाउँको भौतिक विकास र यहाँका जनताको समृद्ध जीवन मेरो एक मात्र अभिष्ट हो। संसारका जुनै कुनामा पुगे पनि म ताप्लेजुङको सुन्दर भविश्यको सपना बोकेर हिँडिरहेको हुन्छु। ताप्लेजुङ मेरो नशा–नशामा हरसमय बगिरहेको हुन्छ– उत्साह र आशा बनेर।

ताप्लेजुङ अपार सम्भावना बोकेर बसेको सुन्दर भू–भाग हो। विश्वको तेस्रो अग्लो चुचुरोलाई शिर बनाएको ताप्लेजुङसँग अनन्त सम्भावना छ –पर्यटनको, कृषिको, सडकको अनि जलविद्युत् लगायतको।

प्राकृतिक, सांस्कृतिक, सामाजिक रूपमा निकै विशिष्ट र धनी ताप्लेजुङलाई समृद्ध बनाउने उद्देश्यका साथ  उम्मेदवार बन्न पाउँदा निकै गर्वको अनुभूति भएको छ। ताप्लेजुङलाई समृद्ध बनाउन र चिनाउन तपाईहरूको साथले मात्रै सम्भव छ। 

कञ्चनजंघाजस्तो हिमाल र पाथिभरा माताको फेदमा तमोर र काबेलीजस्ता स्वच्छ नदीको वरदान पाएको यो भूमि संसारकै अलौकिक उपहार हो। अलैंची, चिराइतो र लालिगुराँस हाम्रै सम्पत्ति हुन्। अनेक भाषा, धर्म, संस्कृति र जातजातिको सुन्दर र रमणीय फूलबारी यो देशकै सांस्कृतिक सम्पदा पनि हो।

प्राकृतिक, सांस्कृतिक, सामाजिक रूपमा निकै विशिष्ट र धनी ताप्लेजुङलाई समृद्ध बनाउने उद्देश्यका साथ तपाईहरूको उम्मेदवार बन्न पाउँदा निकै गर्वको अनुभूति भएको छ। ताप्लेजुङलाई समृद्ध बनाउन र चिनाउन तपाईहरूको साथले मात्रै सम्भव छ। त्यही सपना पूरा गर्न म एमालेको चुनाव चिन्ह सूर्य लिएर तपार्इहरूमाझ आएको छु।

सूर्य चिन्हको उम्मेदवारका रुपमा प्रस्तुत भएपनि मेरो विश्वास छ– सबै राजनीतिक दलप्रति आस्था र सद्भाव राखी एकतावद्ध रुपमा अघि बढेर मात्रै सामाजिक र राजनीतिक रुपान्तरण गर्न सकिन्छ। ताप्लेजुङका हरेक घर र हरेक परिवारको खुसी नै मेरो पनि खुसी हो । हरेक घरका प्रत्येक सदस्यका अनुहारमा त्यो खुसी ल्याउने मेरो प्रयत्न हुनेछ।

मैवाखोलमा जन्मिएर देश र प्रजातन्त्र प्राप्तीको आन्दोलमा भाग लिँदै जेल–नेल खाएर, आन्दोलनबाट परिपक्वता हासिल गर्दै हाल एउटा ठूलो राजनीतिक दलको केन्द्रीय सचिवको भूमिकामा छु।

यसलाई पनि तपार्इंहरूको असल भाव, माया, सद्भाव र विश्वासको फल ठान्दछु। केन्द्रीय सचिव पदमा पुगेपछि जन्म र कर्मभूमि तथा यहाँका जनताप्रतिको उत्तरदायित्व र जवाफेदेहिताप्रति म झनै सचेत छु।

ताप्लेजुङ भौगोलिक रुपमा पनि ठूलो र विकट छ। चुनाव प्रचारका क्रममा तपाईहरूको कतिपय घर–आँगनमा स्वयम् उपस्थित भएर यहाँहरूको अमूल्य मत माग्ने चाहना हुँदाहुँदै पनि यसपटक समयको सीमितताका कारण त्यो सम्भव हुन सकेन। तर, तपाँइहरूले दिनुभएको माया, स्नेह र विश्वास मेरो हृदयमा सधैं रहिरहनेछ।

तसर्थ, तपाईको र परिवारको अमूल्य मतको अपेक्षा गर्दै तपाईहरूसमक्ष यो पत्र पठाएको छु। मलाई विश्वास छ –यहाँहरूले सूर्य चिन्हमा अमूल्य मतदान गरी वाम परिवर्तनशील गठबन्धनका तर्फबाट प्रतिनिधि सभामा मलाई (योगेश भट्टराई) र प्रदेश सभा क्षेत्र नम्बर १ मा नेकपा (एमाले) का जिल्ला अध्यक्ष बलबहादुर साम्सोहाङलाई सूर्य चिन्हमा र क्षेत्र नम्बर २ बाट माओवादी केन्द्रका नेता टंक आङबोहाङलाई गोलाकारभित्रको हँसिया हथौंडामा मतदान गरी विजयी गराउनु हुनेछ। र, ताप्लेजुङलाई अझ समृद्ध बनाउने सपनामा साथ दिनुहुनेछ।

ताप्लेजुङमा विकास र समृद्धिको सूर्य कहिल्यै नअस्ताओस् भन्ने तपाईहरूको चाहना हो। र, हो मेरो पनि।

उही तपाईको,
योगेश भट्टराई
उम्मेदवार, प्रतिनिधिसभा, ताप्लेजुङ
तथा केन्द्रीय सचिव, नेकपा एमाले

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah