तपार्इंको प्रश्नको जवाफ दिइहाल्नुभन्दा पहिले महिलाले कसरी यौन आनन्द प्राप्त गर्छन् भन्ने विषयमा कुरा गरौं महिलाले कसरी यौनसुख कसरी प्राप्त गर्छन् ?

मानव यौन प्रतिक्रिया चक्रको चार चरणमध्ये उत्तेजनाको चरण (एक्साइटमेन्ट फेज) अनि प्लाटो फेज पार गर्दै तेस्रो चरण चरमसुख (अर्गाज्म फेज) पुग्दा नै हामीले यौनसुख प्राप्त गरेको अनुभव गर्छाैं । त्यसपछिको अन्तिम चरण भनेको रिजोलुसन फेज हो, जसमा शरीर पुरानै अवस्थामा फर्कन्छ ।

महिलाले विभिन्न किसिमले यौन उत्तेजनालाई निरन्तरता दिँदै जान सक्छन् । यसका लागि महिलाले आफ्ना विभिन्न यौन संवेदनशील अङ्गको घर्षण–मर्दन गर्छन् । महिलाको सबैभन्दा यौन संवेदनशील अङ्ग भगांकुर हो । तपाईंलाई थाहै होला, ‘भगांकुर’ बाहिरतिरै हुन्छ । यसलाई हात वा औंलाले नै चलाएर यौन चरमसुख प्राप्त गर्न सकिन्छ ।

त्यसैगरी योनि अर्को महत्वपूर्ण अङ्ग हो । योनिमा केही पसाई त्यसबाट घर्षण गराएर आनन्द प्राप्त गर्न सकिन्छ । तपार्इंले के कुरा बुझ्न जरुरी छ भने सम्पूर्ण योनिको लम्बाइलाई हेर्ने हो भने यसको भित्री भाग अर्थात् पाठेघरतिरको भाग होइन कि बाहिरतिर एक तिहाइभाग नै विशेष रूपमा यौन संवेदनशील हुन्छ । सामान्य अवस्थामा योनिको लम्बाइ ४ इन्चजति हुन्छ र साधारणतया छोटो भनिने लिङ्ग पनि आफ्नो यौनसाथीलाई यौनसुख दिन पुग्ने नै हुन्छ, अर्थात् ३ दशमलव ५ इन्चको लिङ्ग योनिको बाहिरतिरको १ दशमलव ३ जतिको यौनसंवेदनशील भागको घर्षण गर्न पर्याप्त हुन्छ ।

योनि तथा भगांकुरबाहेक महिलाको यौनाङ्ग क्षेत्रमा रहेको ठूलो तथा सानो भगोष्ठ एवं अग्रभागमा रहेको  भाग पनि यौन संवेदनशील हुन्छ । त्यसैगरी सम्पूर्ण स्तन नै यौन संवेदनशील भए पनि यसको मुन्टो तथा वरिपरिको भाग विशेष यौन संवेदनशील हुन्छ । व्यक्ति–व्यक्तिमा फरक पर्ने भए पनि नितम्ब, गर्दन, काखी, तीघ्रा, नाभी क्षेत्र आदि अङ्गहरू पनि यौन संवेदनशील हुन्छन् ।

पुरुषको तुलनामा महिलाले यौन सुख प्राप्त गर्ने कुरा लिङ्गमा मात्र केन्द्रित हुँदैन, त्यसैले सबै यौनसंवेदनशील अङ्गको अधिकतम प्रयोग गर्न सकिन्छ । पुरुषहरूजस्तै महिलाहरू पनि यौन उत्तेजक दृश्य, स्पर्श अनि यहाँसम्म कि परिकल्पनाले समेत उत्तेजित हुन्छन् भन्ने कुरा बिर्सनु हुँदैन ।

के महिलाले यौनसन्तुष्टि प्राप्त गर्न लामो लिङ्ग नै चाहिन्छ ?

धेरैजसो पुरुषमा लिङ्गको नाप वा आकारको सबैभन्दा ठूलो चिन्ता वा चासो आफ्नो यौनसाथीलाई यौन सुख प्रदान गर्न सक्छु कि सक्दिन भन्ने विषयमा हुन्छ । यसमा गहिरिएर हेर्ने हो भने लिङ्गको लम्बाइ वा भनौं नापको कुरा यौनसुख लिने–दिने कुरामा मात्र सीमित नभै पुरुषको आफ्नो पहिचान तथा आत्मसम्मानसँग जोडिएकाले यस्तो भएको हुन्छ । पौरुषत्वसँग जोडिए पनि कतिपय व्यक्तिको सोचविपरीत लामो लिङ्गबाट बढी यौन सुख दिन सकिने वा लिन सकिने भन्ने चाहिँ होइन ।

यौनसुख दिन वा लिन लिङ्गको नापभन्दा अन्य कुराहरू बढी महत्वपूर्ण छन् भन्ने कुरा बुझ्नु जरुरी छ । महिलाको सबैभन्दा बढी यौन संवेदनशील अङ्ग भगांकुरको घर्षणका लागि लिङ्ग नै आवश्यक छ भन्ने होइन । जहाँसम्म लिङ्ग–योनि मैथुनको प्रश्न छ, यो सानो होस् वा लामो यसको घर्षणबाट यौनसुख प्रप्त गर्न सकिन्छ । यदि पुरुषले हातले लिङ्गलाई समाएर गरिने हस्तमैथुनबाट चरमसुख प्राप्त गर्न सक्नुभएको छ भने उक्त लिङ्गबाट यौन सुख लिन सकिने कुरामा ढुक्क भए हुन्छ ।

हुन सक्छ, कतिपय महिलालाई ठूलो आकारको लिङ्गप्रति आकर्षण होला, तर त्यसैका आधारमा बढी यौन आनन्द प्राप्त हुनेचाहिँ होइन । केही अध्ययनअनुसार यौनसम्पर्कका बेला महिलाले पुरुषको लिङ्गको नापलाई खासै ध्यान नदिएको कुरा पनि उल्लेख छ । कहिलेकाहीं यौन क्रियाको चरमोत्कर्षमा पुग्न लागेका बेला मुखबाट निस्कने वाक्य जस्तै— ‘अझै भित्र पसाऊ’ कै आधारमा कसैले आफ्नो लिङ्ग सानो भएको मान्नुपर्ने कारण छैन । अब त पक्कै बुझ्नुभयो होला कि लिङ्ग एकहदसम्म सानो भए पनि यौनसुख मज्जाले लिन वा दिन सकिन्छ ।

के गर्नुपर्ला ?

प्रश्नका आधारमा तपाईं महिला भएको संकेत मिल्छ । तपार्इंले यो प्रश्न नै किन गर्नुभयो स्पष्ट छैन । अब तपार्इंले बुझिसक्नुभयो होला, महिलाले यौनसुख प्राप्त गर्न लामो लिङ्गको आवश्यकता पर्दैन । सामान्यत: चरम सुख प्राप्त गर्न महिलालाई पुरुषको तुलनामा केही बढी समय लाग्ने भएकाले यौन क्रियाकलापमा संलग्न हुने सन्दर्भमा पर्याप्त पाक्क्रीडामा संलग्न भए यौन उत्तेजना प्राप्त गर्न र चरमसुखसम्म पुग्न सजिलो हुन्छ । यसले यौनसम्पर्कमा संलग्न दुवै जनालाई यौन चरमसुख प्राप्त गर्न मद्दत पनि गर्छ ।

महिला–पुरुष दुवैले साथसाथै चरमसुख प्राप्त गर्नु सजिलो कुरा होइन र यो नै हुनुपर्छ भन्ने पनि छैन । साथसाथै चरमसुख प्राप्त भएन भनेर पीर गर्नुपर्ने आवश्यकता पनि छैन, पालोपालो यौन चरमसुख प्राप्त गरे पनि हुन्छ । अन्तमा, के भनौं भने अर्को व्यक्ति, उसको अङ्ग वा क्रियाकलाप तपाईंको यौनसुख प्राप्तिमा सहयोगी मात्र हुन सक्छ, यौनसुख तपाईं स्वयंले खोज्ने वा प्राप्त गर्ने हो । जस्तो कि कसैले राम्रो दृश्य देखाउन सहयोग गर्न सक्छ, तर त्यो रमणीय दृश्यको आनन्द त व्यक्ति आफैंले प्राप्त गर्ने हो ।साप्ताहिक बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah