ललितपुर जिल्ला क्षेत्र नम्बर १ का प्रतिनिधी सभाका उम्मेद्वार नवराज सिलवालले आफू दरवार या कुनै ठुलो खान्दानमा नजन्मिएकाले जनताको छोरा भएको बताएका छन् ।
सामान्य घर परिवारमा जन्मिएको मान्छेले ठुला ठुला र सामन्ती कुरा नगर्ने उनको भनाई छ । ललितपुरको प्युटारमा घरदैलो कार्यक्रममा मतदाता माझ उनले भने , ‘म तपाई जस्तै सामान्य जनताको पीर मर्कालाई संबोधन गरेर लैजाने प्रयासमा छु , म कुनै दरबार , शहर या कुनै ठुलो खान्दानमा जन्मिएको होइन ।
पूर्व डिआइजी समेत रहेका सिलवालले आफु भर्खरै मात्र राजीनतीमा होमिएकाले कति कुरा सिक्दै गरेको पनि बताए ।



