०४६ सालदेखि झापा–३ को नेतृत्व गरेका कृष्ण सिटौलाले २५ वर्षमा गर्न नसकेको काम ५ वर्षमै गरेर देखाउँछु भन्छन् राजेन्द्र लिङ्देन । झापामा वामपन्थीसँग मिलेर चुनावमा जाँदा निरंकुशतावादीसँग के घाँटी जोडेको होला भनेर टिप्पणी गर्ने कांग्रेसले बाँकी ७६ जिल्लामा राप्रपाकै वैसाखी टेकेर लोकतन्त्र जोगाउन लागिपरेको टिप्पणी गरे ।

उनले भने, “अहिलेको युग सूचना र प्रविधिको युग हो, जनतालाई ढाँट्न पाइँदैन । २५ वर्ष झापा–३ को नेतृत्व गरेका सिटौलाले विकासको नाममा के गर्नु भयो ? जनताले जान्न चाहेका छन्,” उनको प्रश्न थियो ।

त्यस्तै उनले स्थानीय तहमा झापा–३ क ५ हजार भन्दा बढी मतदाताले झुक्किएर हलगोरुमा मत हालेको भन्दै यसपटक त्यो मत गाइमै खस्ने दाबी गरे । त्यस्तै झापा–३ मा १५ हजार मतदाता थपिएको र थपिएका मतदाता देशभक्त, वामपन्थी, राष्ट्रवादी गठबन्धनकै भएको दाबीसमेत गरे ।

झापा–३ मा सबैभन्दा बढी मजदुर बसोबास गर्ने बताउँदै तिनको संरक्षण र श्रमको सम्मानजनक मूल्य पाउने अवस्था निर्माणका लागि आफू कटिवद्ध रहेको जानकारी दिए । कुराकानीका क्रममा उनले आफूले चुनाव जितिसकेको बताउँदै कति मतान्तरले जित्ने भन्नेमात्रै बाँकी रहेको भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah