नेपालीहरूले हवाइ र स्थलमार्ग हुँदै यसअघि युरोप प्रवेश गर्ने गरेको भेटिए पनि जलमार्गको जोखिमसमेत उठाउन थालेको पछिल्ला घटनाले देखाएको छ ।

लिबियादेखि समुन्द्री बाटो हुँदै डुङ्गामा जोखिम मोलेर ईटाली प्रवेश गरेका नेपालीहरु विस्तारै सम्पर्कमा आउन थालेका छन् ।

म्याग्दी रघुगंगा गाउँपालिका पाखापानीका ३६ बर्षीय धनमान पूर्जाको ठूलो सपना थियो- युरोप पुगेर धन कमाउने । त्यही सपनाले तानेर उनी लिबियादेखि सामुद्रिक बाटो हुँदै ईटाली छिर्न नेपालबाट निस्किए ।

तर, मानवतस्करले डोर्याएको बाटोमै उनका सबै सपना चकनाचुर भए।

धनमानका श्रीमती र ४ छोराछोरीले अन्तिम पटक उनको अनुहार समेत देख्न पाएनन्। उनीसँगै जोखिमपूर्ण यात्रा गर्दै ईटाली छिरेका केही युवाले घटनाबारे परिवारलाई जानकारीसम्म गराए। सुरूमा एउटा फोटोका भरमा परिवारलाई मृत्युको यकिन गर्न मुश्किल पर्यो।

अवैध रुपमा आएकाले नेपालमा शव पठाउन पनि झन्झट भयो। त्यसमाथि शव लैजाँदा लाखौंको खर्च । अन्ततः परिवार र आफन्तले उनको शवलाई ईटालीमा नै दाहसंस्कार गर्न स्वीकृति दिए ।
डुंगामा दुलो परेपछि…

सँगै यात्रा गरेका एक नेपाली युवाले घटनाबारे भने- ‘समुद्रमा यात्रा गरिरहेका बेला ओभरलोड भएपछि ट्युवको डुङ्गामा पानी छिर्न थाल्यो, बाँच्ने आशा हामीले गुमाइसकेका थियौं। पुर्जा दाइ डुङ्गामा नै अचेत हुनुभयो ।

उद्दारकर्मीहरुले सबैभन्दा पहिला अस्पताल पनि उहाँलाई नै लगेको हो, तर पछि हामीलाई फोटो देखाउँदै यो मान्छे अब रहेन भन्दै खबर गरियो ।’

जोखिमपूर्ण यात्रा पार गर्दै हाल ईटालीस्थित शरणार्थी शिविरमा रहेका ती नेपाली युवा भन्छन्, ‘नेपाल छँदा ठूलो सामुन्द्रिक जहाज चढाएर युरोप पुग्ने आश्वासन पाएका थियौं, तर अफ्रिकी आप्रवासीहरुसँगै जोखिमपूर्ण यात्रा गर्यौं।

गुहार मागेपछि अन्य केही रेस्क्यु डुङ्गाहरुको सहायताले हामी बाँच्न सफल भएका हौं। तर, धनमान आत्तिएर बेहोस हुँदा हृदयाघात भएको हुन सक्ने प्रत्यक्षदर्शीको अनुमान छ ।

१२ जना नेपालीहरुलाई दुबई, टर्की र लिबिया हुँदै ईटाली छिराउन मानव तस्करहरुले अफ्रिकी मूलका आप्रबासीहरुसँगै सामुद्रिक डुङ्गामा जोखिमपूर्ण यात्रा गराएका थिए।

शुक्रबार अन्त्येष्टिको तयारी
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद ईटालीका महासचिव छविलाल कँडेल भन्छन्,’शव सनाखतका लागि नै झन्डै ३ साता लाग्यो ।

नेपाली कन्सुलेट रोम, एनआरएनए इटाली र नेपाली राजदूताबास स्वीटजरल्याण्डको सक्रियतामा सनाखत गर्ने काम सकेका छौं, अब पारिवारिक निर्णयअनुसार शुक्रबार यतै अन्त्येष्टि गरिँदैछ।’

‘पुर्जाको परिवारमा बेग्लै दुख छ, १० बर्षीय जेठा छोरा अपाङ्ग छन्, अन्य दुई छोराहरु ६ बर्ष र ४ बर्षका मात्रै रहेछन्, अझ कान्छी छोरी त १ बर्षकी मात्रै’, कँडेल भन्छन्, ‘घटना भइहाल्यो, अब उनका छोराछोरीका लागि आर्थिक सहयोग संकलन गर्ने पहल गर्दैछौं ।’

अनलाइन खबरवाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah