बिष्णुप्रसाद पोखरेल
दमक/दमक नगरपालिकाले नगरभित्र रहेको भूमी समस्या सामधानका लागि भूमी ब्यवस्थापन आयोग बनाएर काम थालनी गरेको छ । बिहिबार एक कार्यक्रमकाबीच आयोगका अध्यक्ष अम्बिका खनालको पदभार ग्रहण भएको छ ।
नगरपालिकामा भएको एक कार्यक्रमबीच खनालले आयोगको अध्यक्षको रुपमा समथ खाँदै पदभार ग्रहण गरेकाहुन् ।
नगरपालिकाका प्रमुख रोमनाथ ओलीले आयोगका अध्यक्ष खनाललाइ सपथ ख्वाएका थिए ।
आयोगको कार्यबिधिको मस्यौदा बनिसकेको र त्यसले पूर्णता पाएपछि काम द्रुत गतिमा हुने जनाईएको छ । अध्यक्षले आजैबाट औपचारिक रुपमा काम भने थालनी गरिसकेको पनि बताईएको छ ।

आयोगलाइ भूमि ब्यवस्थापनको सबै अधिकार रहेको छ । अब्यवस्थित बसोबास तथा सुकुम्बासीहरुलाइ धनिपूर्जा बितरणसम्मको अधिकार रहेको कार्यबिधिमा उल्लेख छ ।
आयोगको कामलाइ आफूहरुले सहयोग गर्ने, नगरप्रमुख ओली, उपप्रमुख गीता अधिकारी र प्रमुख प्रशासकिय अधिकृत युवराज दाहालले प्रतिबद्धता जनाएका थिए ।
आयोगका अध्यक्ष खनालले आफूलाइ दिएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्ने बताए । दमकमा सामाजिक तथा राजनीतिक रुपमा राम्रो छबि बनाएका खनालले यो काम अप्ठेरो भएपनि आफूले कसैसंग नझुकी र नचुकी काम गर्ने जनाएकाछन् ।
संबिधानले भूमि ब्यवस्थापनको जिम्मेवारी स्थानीय सरकारको रहने बताएपछि त्यसै अनुसार नगरपालिकाको प्रथम नगर सभाले आयोग बनाउने निर्णय गरेको थियो । आयोगका सदस्यहरु नगरपालिका बोर्ड बैठकले तोक्ने समेत जनाईएको छ ।



