काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीका रुपमा आफ्नो दोस्रो कार्यकाल सफल हुनुमा तत्कालीन स्वकीय सचिवसमेत रहेका छोरा प्रकाश दाहालको निकै महत्त्वपूर्ण भूमिका रहेको बताएका छन्। गत आइतबार निधन भएका प्रकाशको सम्झनामा बिहीबार लाजिम्पाटमा आयोजित श्रद्धाञ्जलीसभा छोरा प्रकाशलाई सम्झँदै प्रचण्डले उनको सहयोगविना आफ्नो दोस्रो कार्यकाल सफल हुन्थेन, भनेका हुन्। ‘सानै उमेरदेखि उनी मेरा लागि छोराभन्दा पनि सहकर्मी र सहयोद्धा भए।
म इमान्दारीपूर्वक भन्छु, प्रधानमन्त्रीका रुपमा मेरो दोस्रो कार्यकाल उनको सहयोगविना सफल हुने थिएन,’ माओवादी नेता श्रीराम ढकालले वाचन गरेको प्रचण्डको लिखित मन्तव्यमा भनिएको छ। साथै प्रचण्डले शोकको घडीमा देशविदेशबाट प्राप्त समवेदनाप्रति कृतज्ञता ज्ञापन गरेका छन्। विभिन्न पार्टीका युवा संगठनले हामी पनि तपाईंका छोराछोरी हौँ भनेर आत्मबल बढाएको उल्लेख गर्दै उनले देशभरका सबै युवा/युवतीमा आफूले प्रकाश देखेको उल्लेख गरेका छन्।
‘कमरेड प्रकाशको मृत्युपछि नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारीसँगै युवासंगठनहरुले पनि म र मेरो परिवारलाई संयुक्त सान्त्वना दिए, र हामी सबै तपाईँका छोराछोरी हौँ भनेर आत्मबल बढाए,’ प्रचण्डको लिखित मन्त्वयमा भनिएको छ, ‘अब प्रकाश छैनन्, तर देशका हेरक युवायुवतीमा हामीले प्रकाश देखेका छौँ, र तिनको समुन्नत भविष्यका अझ धेरै मेहनत गर्नुपर्छ भन्ने निष्कर्षमा हामी अझ दृढ भएका छौँ।’ पढ्नुहोस् पूरा मन्तव्य :




