डोल्पामा निर्वाचनको प्रचारप्रचार गर्ने क्रममा कांग्रेस एमालेका कार्यकर्ताबीच झडप भएको छ । उपल्लो डोल्पाको छार्काताङसोङ गाउँपालिका अन्तर्गत कागकोटमा झडप भएको हो । घाइते हुनेमा ठुलीभेरी नगरपालिका(८ का जीवन भण्डारी रहेको प्रहरीले जानकारी दिएको छ ।
सामान्य घाइते भएका भण्डारीको जिल्ला अस्पतालमा उपचारका लागि पठाएको छ ।
होटेलमासँगै खाना खाने क्रममा झडप भएको प्रहरीले जनाएको छ । कांग्रेस सभापति अंगत बुढाले उपल्लो डोल्पाका मतदान केन्ऽमा बस्ने एजेन्टहरुको पत्र लिएर गएका कार्यकर्तालाई एमाले कार्यकर्ताले कुटपिट गरी एजेन्ट पत्रसमेत च्यातिदिएको बताए ।
घाइते भण्डारीसँगै गएका सूर्य टमाटा,राणाजी बुढा, हिराचन्ऽ भण्डारीलाई रातभरी रुखमा बाधेर हत्या गर्ने प्रयास गरिएको कांग्रेसले जनाएको छ ।



