मा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा भएका ५६ मध्ये २८ जना मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्यो ।
हामीले प्रधानमन्त्री शेर बहादुर देउवा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा २०४८ मा मन्त्री हुँदा उनले सार्वजनिक गरेको सम्पत्ति विवरण र अहिलेको विवरणसँग तुलना गरेका छौँ । साउथ एसिया चेक मा खबर रहेको छ।
२०४८ को सम्पत्ति विवरण अनुसार प्रधानमन्त्री देउवाका पिता र भाइहरूका नाममा डडेलधुरा र कञ्चनपुरमा २९ विगाहा जग्गा भएको देखाइएको थियो भने २०७४ (अहिले) को सम्पत्ति विवरण अनुसार प्रधानमन्त्री देउवाका पिताको नाममा डडेलधुरामा ५७ (४.३ विगाहा) रोपनी र कञ्चनपुरमा दाजुभाइका नाममा १० विगाहा जग्गा साथै नगद रु. १६,५०,७३९.७५ रहेको छ । गरगहनामा अर्सफी १० थान, सुन १३ तोला रहेको छ। (स्रोत: गोरखापत्र, २०४८ भदौ २२ गते)
२६ वर्षको अन्तरालमा प्रधानमन्त्री शेर बहादुर देउवाको जग्गा २९ विगाहा बाट १४.३ विगाहामा झरेको छ भने गरगहना नगद तर्फ उनको सम्पत्ति बढेको देखिएको छ।



