काठमाडौं । यति बेला करोडौं दिलकी धडकन बलिवुड अभिनेत्री आलिया भट्ट लामो ब्रेकमा गएकी छिन् । तर उनका प्रशंसकहरुले आत्तिनुपर्ने अवस्था भने छैन् । आलियासँग धेरै फिल्महरु छन् र पछिल्लो दिन उनी तिनै फिल्म मध्येका एक फिल्म ‘राजी’ को सुटिङमा व्यस्त थिइन् ।
यो फिल्मको सुटिङ पूरा गरेपनि मिलेको ब्रेकको फाइदा उठाउँदै उनी बहिनी शाहीन भट्टको जन्म दिन मनाउनका लागि उनीसँगै लण्डन गएकी छिन् । आलियाले हालै सामाजिक सञ्जालमा आफ्नी बहिनीसँगको एक तस्बिर शेयर गरेकी छिन् । तस्बिर हेर्दा उनी बहिनीसँग लण्डनमा मस्ती गरिरहेको अनुमान सहजै लगाउन सकिन्छ ।
आलियाको आगामी फिल्म ‘राजी’ रिलिज हुन गइरहेको छ । यो फिल्मका माध्यमबाट उनी पहिलो पटक कश्मिरी युवतीको भूमिकामा देखा पर्ने भएकी छिन् । मेघना गुलजारले निर्देशन गरेको फिल्म ‘राजी’लाई करण जौहरले निर्माण गरेका हुन् ।



