कपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावपछि एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता हुने बताएका छन् ।

संयुक्त वाम गठबन्धन चुनाव परिचालन समितिद्वारा आज (शनिवार) पोखराको अमरसिंहचौरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले शान्ति, राजनीतिक स्थिरता र देशलाई आर्थिक समृद्धिको बाटोमा उन्मुख गराउन दुई पार्टीबीच पार्टी एकता गर्न लागिएको बताए ।

दुई पार्टीबीचको चुनावी तालमेलले प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचनमा वाम गठबन्धनले बहुमत ल्याउने र नेपाली काँग्रेस नेतृत्वको सरकार हटेर पुस महिनादेखि वामपन्थीहरुको बहुमतको सरकार बन्ने ओलीले दावी गरे ।

‘म आफू प्रधानमन्त्री हुँदा बूढाबूढीको वृद्ध भत्ता रु एक हजारबाट बढाएर रु दुई हजार बनाइदिएको थिएँ अब रु दुई हजारबाट बढेर वृद्ध भत्ता रु पाँच–पाँच हजार पुर्याइन्छ,’ ओलीले भने ।

पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका सरकारले संविधान कार्यान्वयनमा विशेष महत्व राख्ने बताउँदै संविधान कार्यान्वयनपछि देशमा तीव्र गतिमा विकास र निर्माणका कार्य अघि बढ्ने धारणा राखे । उनले वामपन्थीहरुको बहुमतको सरकार बनेपछि केरुङ–काठमाडौँ–पोखरादेखि लुम्बिनीसम्म रेलमार्ग पुर्याउने कामलाई अगाडि बढाइने पनि बताए ।

नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता रामबहादुर थापा वादलले एमाले–माओवादी केन्द्रबीचको चुनावी तालमेल र पार्टी एकताको सन्देशले वामपन्थी विरोधी शक्तिमा ठूलो तरङ्ग ल्याएको बताए ।

कम्युनिस्टहरुको जनमत दुईतिहाइ भए पनि एकापसमा टुटफुट र विभाजनले आजसम्म गैरवामपन्थीहरुले फाइदा उठाएको उल्लेख गर्दै उनले चुनावपछि दुईतिहाइ वामपन्थीको मतले देशमा स्थिरता र गरिबी उन्मूलन हुने बताए ।

संयुक्त वाम गठबन्धन चुनाव परिचालन समितिका संयोजक बखानसिंह गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रतिनिधिसभा कास्की क्षेत्र नं १ का उम्मेदवार खगराज अधिकारी, उपसंयोजक प्रभा कोइरालाले मन्तव्य व्यक्त  गरेका थिए ।

सो अवसरमा विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गर्नेलाई पार्टी अध्यक्ष ओलीले टीका लगाई स्वागत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah