बलिउडका केही यस्ता सुपरस्टार छन्, जो पहिला कुनै अर्काे फिल्मबाट डेब्यु गर्ने तयारीमा थिए । तर, कारणवश पहिला भनिएको फिल्ममा उनीहरू अटाएनन् ।

तीमध्ये केहीलाई कुरा भएपछि पनि बलिउडमा डेब्यु गर्न पाँच वर्ष नै लाग्यो । भारतीय अनलाइनले यसबारेमा एउटा रिपोर्ट तयार पारेको छ । त्यसमा ऐश्वर्या राय, करिना कपुर, सैफअली खान, प्रियंका चोपडा, साहिद कपुरलगायतका चर्चित स्टार डेब्यु हुन नसकेको फिल्मबारे उल्लेख छ ।

ऐश्वर्या राय–राजा हिन्दुस्तानी
पूर्वविश्व सुन्दरी ऐश्वर्या रायको डेब्यु फिल्म हुनेवाला थियो, ‘राजा हिन्दुस्तानी’ । उनलाई सन् १९९६ मा निर्देशक धर्मेश दर्शनले राजा हिन्दुस्तानीबाट डेब्यु गराउने तयारी गरेका थिए ।

तर, पछि सो भूमिकामा करिश्मा कपुरलाई लिइयो । ऐश्वर्यालाई हिरोइन नलिइनुको खास कारणचाहिँ बाहिर आएन । सुन्नमा आएअनुसार ऐश्वर्या हिरो आमिर खानभन्दा अग्ली भएकाले जोडी नमिलेको समेत चर्चा चलेको थियो । ऐश्वर्या त्यसको एक वर्षपछि अर्थात् १९९७ मा बबी देओलका साथ ‘और प्यार होगया’बाट हिरोइन बनिन् ।

करिना कपुर–हम दिल दे चुके सनम
करिना कपुरले सन् २००० मा ‘रिफ्युजी’ फिल्मबाट डेब्यु गरिन् । सो फिल्ममा उनको जोडी अभिषेक बच्चन छन् । रिफ्युजी अभिषेकको पनि डेब्यु फिल्म हो । खासमा करिना एक वर्षपहिला नै अर्थात् सन् १९९९ मै हिरोइन बन्ने चर्चा चलेको थियो । उनलाई सञ्जयलीला भन्सालीले आफ्नो फिल्म ‘हम दिल दे चुके सनम’मा ऐश्वर्या रायले निर्वाह गरेको भूमिका दिने तयारी गरेका थिए । तर, करिनाले कलेजको पढाइमा असर पर्ने भन्दै सो फिल्म नगरेको बताइन्छ ।

सैफअली खान–बेखुदी
हिरो बन्न प्रयासरत सैफअली खान सन् १९९२ मा ‘बेखुदी’ नामक फिल्मबाट डेब्यु हुने तयारीमा थिए । तर, कारणवश उनलाई त्यो फिल्ममा लिइएन । त्यसको एक वर्षपछि मात्रै उनी ‘परम्परा’ फिल्मबाट ठूलो पर्दाको दुनियाँमा प्रस्तुत भए । यद्यपि, सैफको फिल्मी करिअरले भने खासै सफलता पाउन सकेको छैन ।

प्रियंका चोपडा–हमराज
पूर्वमिस वल्र्ड प्रियंका चोपडा अब्बास मस्तान निर्देशित ‘हमराज’ फिल्मबाट हिरोइन बन्ने खबर थियो । सन् २००२ को हमराजमा प्रियंका फाइनल भइसकेकी थिइन् । तर, हमराजमा प्रियंकालाई लिइएन । उनको ठाउँमा अमिषा पटेल हिरोइन भइन् । त्यसको एक वर्षपछि अर्थात् २००३ मा मात्रै प्रियंका हिरोइन भइन्, ‘दी हिरो’ फिल्मबाट । प्रियंकाको डेब्यु फिल्म फ्लप भयो ।

साहिद कपुर–स्टाइल
साहिद कपुरको डेब्यु फिल्म हो, ‘इश्कबिश्क’ । सन् २००३ मा बनेको सो फिल्म हिट भएको थियो । खासमा साहिद ‘स्टाइल’ फिल्मबाट डेब्यु हुने तरखरमा थिए । सन् २००१ को स्टाइलका लागि उनी लगभग फाइनल भएका थिए । तर, अन्तिम समयमा आएर सो फिल्मबाट साहिद आउट भए । उनले हिरो बन्न थप दुई वर्ष कुर्नुपरेको थियो ।

क्याट्रिना कैफ–साया
क्याट्रिना कैफलाई निर्देशक अनुराग वासुले सन् २००३ मा ‘साया’ फिल्मबाट हिरोइन बनाउने तरखर गरेका थिए । तर, पछि उनलाई त्यो फिल्ममा लिइएन । क्याट्रिनालाई भनिएको भूमिकामा तारा शर्मालाई लिइयो । तर, क्याट्रिनाले फिल्म खेल्न धेरै समयचाहिँ कुर्नुपरेन । उनलाई त्यही वर्ष निर्देशक कैजद गुस्ताडले ‘बुम’ फिल्ममा एक महत्वपूर्ण भूमिकामा लिए । फेसन र क्राइम दुनियाँको विषयमा बनेको सो फिल्म असफल भएको थियो । क्याट्रिनाले बुममा भरपूर एक्सपोज गरेकी छिन्।

श्रद्धा कपुर–लक्की
अभिनेत्री श्रद्धा कपुरको डेब्यु फिल्म सन् २०१० मा बनेको ‘तीन पत्ती’ हो । खासमा उनी पाँच वर्षअघि नै ‘लक्की’ फिल्मबाट डेब्यु गर्न लागेकी थिइन् । तर, त्यसमा उनलाई हिरोइन लिइएन । सो फिल्ममा सलमान खानले ऐश्वर्या रायझैँ देखिने नवयुवती स्नेहा उलारलाई डेब्यु गराए ।

राधिका राव र विनय साप्रेको निर्देशनमा बनेको लक्कीमा हिरोइन नबनेपछि श्रद्धा निकै तनावग्रस्त भइन् । तर, निरन्तरको लगावले पाँच वर्षपछि उनी तीन पत्तीबाट हिरोइन बनिछाडिन् । श्रद्धा पछिल्लो समयकी बलिउडकी चर्चित हिरोइन हुन् ।

सिद्धार्थ मल्होत्रा–फेसन
अभिनेता सिद्धार्थ मल्होत्रा सन् २००८ को ‘फेसन’ फिल्मबाटै हिरो बन्न लागेका थिए । तर, पछि उनी सो फिल्ममा अटाएनन् । त्यसपछि हिरो बन्न उनले झन्डै पाँच वर्ष कुर्नुपर्‍यो ।

सिद्धार्थलाई सन् २०१२ मा करण जौहरले ‘स्टुडेन्ट अफ दी इयर’ फिल्मबाट हिरो बनाए । सिद्धार्थ पछिल्लो पुस्ताका चल्तापुर्जा हिरोमै पर्छन् ।

विपाशा बसु–हिमालय पुत्र
विपाशा बसुको डेब्यु फिल्म सन् २००१ को ‘अजनवी’ हो । तर, उनी त्यसको चार वर्षअघि नै अर्थात् १९९७ मै हिरोइन बन्ने लाइनमा लागिसकेकी थिइन् । उनलाई निर्देशक पंकज परासरले ‘हिमालय पुत्र’मा हिरोइन लिने तयारी गरेका थिए । तर, पछि सो फिल्मबाट विपाशालाई हटाएर अन्जला जाभेरीलाई हिरोइन लिइयो । विपाशा फिल्मबाट किन हटिन्, त्यसको खास कारणचाहिँ खुल्न सकेन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah