याँ शक्ति नेपालका संयोजक बाबुराम भटराइको क्षेत्र गोरखाको जौबारीमा एक लाख रुपैयाँ नगद र चुनावी प्रचार सामाग्रीसहित निर्वाचन आचरसंहिता उल्लंघन गरेको आरोपमा नयाँशक्ति पार्टीका कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ परेका ५ जनालाई जौबारी इलाका प्रहरी कार्यालयमा राखिएको छ । याँ शक्ति पार्टीको चुनावी प्रचारमा प्रयोग गरिएको गाडी र नगद १ लाखसहित ती व्यक्तिहरुलाई जौबारी प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरूमा गाडी चालक गोरखा(११ का दिपेन्द्र सुनार, गोरखा नगरपालिका(१० का डिलमान गुरुङ र अम्बरबहादुर गुरुङ छन् । त्यसैगरी गोरखा नगरपालिका(६ का भरतकुमार श्रेष्ठ र गोरखा(८का खुशबहादुर थापासमेत पक्राउ परेका छन् ।गाडीभित्र रहेको कालो रङको ब्यागमा नगद १ लाख रुपैयाँ भेटिएको आज राति १ बजे गोरखा जिल्ला क्षेत्र नम्बर(२ दुई अन्तर्गत शिरानचोक गाउँपालिका( ८ गोपालडाँडा स्थानीय युवाहरुले उक्त गाडी, नगद रकम र ५ जना युवालाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको माओवादी केन्द्रका एक नेताले बताएका छन् ।

‘एक लाख नगद र नयाँशक्तिका प्रचार सामाग्रीसहित राति शंकास्पद अवस्थामा उनीहरुलाई पक्राउ गरी कष्टडीमा राखिएको छ,’ गोरखाका प्रहरी प्रमुख एसपी प्रकाश अधिकारीले अनलाइनखबरसँग भने, ‘मौन समयमा उक्त गाडी र नगद कुन प्रयोजनका लागि लगिएको थियो भन्नेबारे अनुसन्धान हुन बाँकी छ, हामी सबै प्रहरीहरु चुनावी फिल्डमा खटिएका छौं, मतदान सकिएपछि उनीहरुमाथि अनुसन्धान अघि बढाइनेछ

अजिरकोटबाट भालुस्वरातर्फ आउँदै गरेको ग २ च १७१५ नम्बरको जीप गाडीमा उक्त नगद र प्रचार सामाग्री भेटिएको स्थानीय प्रत्यक्षदर्शीको भनाइ छ ।

‘एक लाख नगद र नयाँशक्तिका प्रचार सामाग्रीसहित राति शंकास्पद अवस्थामा उनीहरुलाई पक्राउ गरी कष्टडीमा राखिएको छ,’ गोरखाका प्रहरी प्रमुख एसपी प्रकाश अधिकारीले अनलाइनखबरसँग भने, ‘मौन समयमा उक्त गाडी र नगद कुन प्रयोजनका लागि लगिएको थियो भन्नेबारे अनुसन्धान हुन बाँकी छ, हामी सबै प्रहरीहरु चुनावी फिल्डमा खटिएका छौं, मतदान सकिएपछि उनीहरुमाथि अनुसन्धान अघि बढाइनेछ ।’

बाबुराम भट्टराई नेतृत्वको नयाँशक्ति पार्टीले मतदाताहरुलाई पैसा बाँडेको र आचारसंहिता उल्लंघन गरेको जौबारीका स्थानीय माओवादी कार्यकर्ताले आरोप लगाएका छन् ।

तर, नयाँ शक्ति पार्टीले मतलादाहरुलाई रक्सी र मासु खुवाउनेदेखि पैसा बाँड्नेसम्मका काम गरिरहेको माओवादी केन्द्रका नेताहरुले दाबी गरेका छन् ।माओवादी केन्द्रका उम्मेदवार नारायणकाजी श्रेष्ठले अनलाइनखबरसँग भने( ‘बाबुरामजीका कार्यकर्ताबाट हाम्रा साथीहरुले पैसा बरामद गरिरहेका छन् । कतिपय ठाउँमा त एउटा झोलामा पैसा र अर्कोमा मासुसमेत बरामद भएको छ, उहाँहरु पैसा बाँडेर मतदातालाई प्रभावित बनाउन खोजिरहनुभएको छ ।’

उता श्रेष्ठका प्रत्यासी डा। बाबुरामले भने( ‘यो यथार्थ होइन, हामीले त्यसरी पैसा बाँड्ने कल्पना पनि गर्न सकिँदैन । बाबुरामको नेचर नै त्यस्तो होइन । बरु उहाँहरुले गाउँगाउँमा कति खर्च गरिरहनुभएको छ, हामीलाई थाहा छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah