बिष्णुप्रसाद पोखरेल/दमक
राष्ट्रपति बिद्यादेबी भण्डारीले राष्ट्रिय बिभूति फाल्गुनन्द लिङ्देनले समाज परिवर्तन र संस्कार परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको बताएकीछन् । उनले सामाजिक जागरण ल्याउनका लागि फाल्गुनन्दले खेलेको भूमिका प्रशंशायोग्य रहेको बताउदै उनको कामलाइ सम्मान गर्नु सबैको दायित्व भएको भण्डारीले जनाइन् ।
आइतवार झापासंग सिमा जोडिएको इलामको चुलाचुली १ कमलमा राष्ट्रिय बिभूति महागुरु फाल्गुनन्दको पूर्णकदको सालिक अनावरण तथा फाल्गुनन्द लाफयङ बहुभाषिक पाठशालाको दोश्रो बार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले यस्तो बताएकीहुन् ।महिलाहरुलाइ अधिकार दिनु पर्ने, हाम्रो सस्कार तथा रीतिरिवाजहरुलाइ भड्किलो बनाउन नहुने सन्देश फाल्गुनन्द दिएको स्मरण गर्दै यसले समाज परिवर्तनमा ठूलो योगदान पुर्याएको उनको भनाइ थियो ।
समाज सुधारका लागि र रितिरिवाजमा सरलता ल्याउनका लागि खेलेको भूमिका अहिले पनि सम्झन लायक रहेको उनको भनाइ थियो । भण्डारीले यहाँ फाल्गुनन्दको पूर्णकदको शालिक अनावरण गरेकी थिइन् । भण्डारीले उहाँका बिचारहरुलाइ अहिले पनि अनुकरण गर्न आवश्यक रहेको जनाइन । ।
उनले भनिन्–‘महिलाको यथोचित सम्मान र भूमिकाका लाइ त्यो समयमा फाल्गुनन्दले स्थापित गरेको पाइएको छ ।’ पूर्व सभामुख सुवास नेम्बाङ समेत सहभागि कार्यक्रम फाल्गुनन्द नोमाङगेना सेवा संघ फाल्गुनन्द लाफयङ बहुभाषिक पाठशालका संस्थापक अध्यक्ष डम्बर तुम्बापोको अध्यक्षतामा भएको थियो ।



