https://youtu.be/IWSy5rK6F8k

बिष्णुप्रसाद पोखरेल
दमक/नेपाली काँग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाले राप्रपाका अध्यक्ष कमल थापालाइ जित्न नदिने बताएकाछन् । उनले राप्रपा राजबादी भएको दाबी गर्दै काँग्रेसीहरुले कुनै हालतमा भोट नहाल्ने बताएकाहुन् ।

झापामा भएको एक चुनावीसभालाइ सम्बोधन गर्दै सिटौलाले झापा ३ मा मात्र नभएर देशभर नै राप्रपालाइ हराउने जनाए । कमल थापा लम्पसार परेर जिताउन आग्रह गर्दै आएको बताउदै त्यो सम्भव नरहेको उनको भनाइ थियो ।

उनले भने, यहाँ पनि हराउने हो र कमल थापा उठेको त्यहाँ पनि हराउने हो, तपाइहरु ढुक्कहुनुहोस हामी उनिहरुलाइ कुनै पनि हालतमा जित्न दिनेछैनौ र दिदैनौ । राप्रपाले झापा बाहेक देशभर काँग्रेससंग गठबन्धन गरेको छ ।

सिटौलाले झापामा यसरी भनिरहदा थापा भने प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु देउवाका लागि भोट माग्न ब्यस्त रहेका थिए ।

सिटौलाले राप्रपा राजाबादी र मण्डले पार्टी भएको भन्दै कडा आलोचना समेत गरेका थिए । उनले काँग्रेसहरुले त्यस्तालाइ भोट नै हाल्न नसक्ने जिकिर समेत गरेकाछन् ।

झापाको क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका सिटौला केहि दिनयता आफ्नो क्षेत्रमा आक्रमक चुनावी अभियानमा रहेकाछन् ।

https://youtu.be/IWSy5rK6F8k

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah