चुनावको परिणाम सार्वजनिक भए लगत्तै नेकपा माओवादी केन्द्र र नेकपा एमालेको एकता हुने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताउनुभएको छ ।
चितवनको मेघौलीमा आयोजित कार्यक्रमपछि बोल्दै दाहाले मुलुकको कार्यकारीमध्ये एकमा आफू र अर्कोमा केपी शर्मा ओली हुने बताएउनुभएको छ ।
कार्यक्रममा दाहालले भन्नुभयो ‘माओवादी र एमाले एकीकृत हुन्छन, एकीकृत पार्टीले अध्यक्ष, मुलुकको राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र सभामुखजस्ता महत्वपूर्ण पदमा सहमतिका साथ भागवण्डा गर्ने सहमति छ।’
आफू र ओलीले एकीकृत पार्टीपछि के पद पाउने भन्दा पनि सात दशकदेखि जनताले प्रतीक्षा गरेको विभाजित कम्युनिस्टबीचको एकता ठूलो कुरा हुने उनले तर्क गरे ।
‘त्यसैले हामी दुईका लागि पदभन्दा पार्टी एकता ठूलो कुरा हो । कुनै न कुनै कार्यकारी पदमा म हुन्छु’, दाहालले हर्षका साथ भने ।
माओवादी र एमालेबीच एकताको उद्देश्य अधिनायकवाद जन्माउने नभएर आर्थिक उन्नति र संविधान कार्यान्वयनमा सफलता पाउनु रहेको दाहालले बताए । टिभी अन्नपुर्ण बाट



