बिष्णुप्रसाद पोखरेल
दमक । झापामा अपराधिक समुहले उम्मेदवारहरुको घर लक्षित गरेर ऋखलाबद्ध बम बिस्फोटका घटनाहरु घटाउन थालेपछि झापाका सबै सुरक्षा निकायहरुलाइ ‘हाइ अर्लट’ बनाईएको बताईएको छ ।

जिल्लामा भिआइपी उम्मेदवार र अन्य उम्मेदवारहरुको सुरक्षा बढाउदै चुनावी स्थलहरुमा पनि बाक्लै सुरक्षाकर्मीहरु देखिन थालेकाछन् । सुरक्षा श्रोतका अनुसार थप सुरक्षाबल समेत झापामा आएर सुरक्षाको कमाण्ड सम्हाल्न शुरु गरेकाछन् ।

एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री समेत रहेका झापा क्षेत्र नं. ५ का उम्मेदवार केपी शर्मा ओलीको घरमा बम बिस्फोट, काँग्रेस जिल्ला सभापति तथा क्षेत्र नं. २ का उम्मेदवार उद्धव थापाको घरमा राखेको गाडिमा बम बिस्फोट भएको थियो ।

त्यसको ३ दिनपछि पूर्व गृहमन्त्री समेत रहेका झापा क्षेत्र नं. ३ का काँग्रेस उम्मेदवार कृष्ण सिटौलकाको घर कम्पाउण्डमा बम बिस्फोट पछि जिल्ला प्रशासन कार्यालय झापाले सुरक्षामा कुनै कमी नहुन सुरक्षा निकायहरुलाइ निर्देशन दिएको बताईएको छ ।

संघीय प्रहरी इकाइ चन्द्रगढीका प्रमुख एवं एसएसपि पिताम्बर अधिकारीका अनुसार झापा र मेची अञ्चलभर सुरक्षा ब्यवस्था भरपर्दो रुपमा मिलाईएको छ । सुरक्षा निकायलाइ चनाखो रुपमा परिचालन गरिएको उनले बताए ।

निर्वाचन बिरोधी गतिबिधि गर्दै आएका बिप्लव माओबादीका २० जनाभन्दा बढि स्थानी नेता कार्यकर्ताहरुलाइ समेत पक्राउ गरिएको अधिकारीले जनाएकाछन् । उनले प्रहरीले सुरक्षा कमी हुन नदिने जनाए ।

झापामा नेपाल प्रहरी, शसस्त्र प्रहरी र म्यादी प्रहरीले सुरक्षामा खटिएकाछन् । बम डिस्पोज गर्ने कार्यमा नेपाली सेना समेत सक्रिय रहदै आएको जनाईएको छ ।

यसैबीच दमकमा पनि सुरक्षाकर्मीहरु बाक्लै परिचालित भएकाछन् । दमकको सुरक्षा ब्यवस्था कडा बनाईएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah