काठमाडौं : नेपाली हाँस्यब्यङ्ग्य क्षेत्रका चर्चित कलाकार तथा सामाजिक अभियान्ता धुर्मुस सुन्तलीले दशौं बैवाहिक जीवनमा प्रवेश गरेको अवसरमा एक गीत सार्बजनिक गरेका छन् । धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको एकीकृत नमुना सन्तपुर बस्तीमा काम गरिरहेका कामदारहरु संगैं एनिभर्सरी मनाउँदै उक्त गीत सार्बजनिक गरिएको हो।

धुर्मुस सुन्तली २०६५ मंसीर १४ गते बैवाहिक जीवनमा प्रवेश गरेका थिए । मंसीर ४ गते आफ्नो दशौं एनिभर्सरीको अवसरमा धुर्मुस सुन्तलीले ‘म जुन दिन देखी’ बोलको गीतको भिडियो रिलिज गरेका हुन् । संघिय मामिला तथा स्थानिय बिकास मन्त्रालयका सचिव समेत रहेका दिनेश थपलियाको शब्द रहेको उक्त गीतमा अहिलेका चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत रहेको छ भने राजेश पायल राई र अन्जु पन्तले आवाज दिएका छन् ।

धुर्मुस सुन्तलीको प्रेम सम्बन्ध बोलेको उक्त गीतमा धुर्मुस सुन्तलीनै फिचरिङ्ग छन् । पप्पा र नवराज उप्रेतिले खिचेको उक्त भिडियोमा हरिष निरौंला(कक्रोज) को कोरियोग्राफी रहेको छ । भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् भने धुर्मुस सुन्तली आफैंले निर्देशन गरेका हुन् । कतारमा समेत छांयाकन गरिएको उक्त भिडियोमा माया प्रेमको रोमान्स देखाईएको छ ।

सामाजिक काममा सक्रिय रहेका धुर्मुस सुन्तलीले दर्शकको अपेक्षा अनुसार यो भिडियो उपहार स्वरुप सार्बजनिक गरेका हुन् । आफैले निर्माण गरिरहेको सन्तपुर बस्तीका झण्डैं २६१ कामदारहरुलाई लड्डु खुवाएर उनिहरुले एनिभर्सरी सेलिब्रेसन गरेका छन् । एनिभर्सरी मनाउँदै उनिहरुले उत्कृष्ट काम गर्ने कामदार र स्थानियहरुलाई पुरस्कार समेत दिएका छन् । सन्तपुर बस्तीमा अहिले ५० प्रतिशत काम सकिएको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah