बिष्णुप्रसाद पोखरेल/दमक

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनपछि एमालेको नेतृत्वमा माओबादी केन्द्र सहितको बामपन्थि नीति र प्रभाव भएको सरकार बन्ने बताउनु भएको छ । यसले यथास्थितिबादबाट मूलकलाइ अग्रगमनलाइ लैजाने भन्दै यस्तो बताउनु भयो ।

यथास्थितिमा नबस्ने, राष्ट्रिय हित चाहाने, परिवर्तनका एजेण्डाहरुलाइ समातेर अघि बढ्न सक्ने सामथ्र्य राख्नेहरु यो सरकारमा सहभागि हुने उहाँले बताउनु भयो । ओलीले बाम गठबन्धलाइ अप्रत्याशित भएको बताएपनि यो अप्रत्याशित नभएको र लामो समयको कसरत पछि यो अवस्था आएको समेत स्पष्ट पार्नु भएको छ ।

झापाको दमकमा आफ्नै निवासमा पत्रकारहरुसंग कुरा गर्दै ओलीले आफू मुलकभर चुनावी अभियानमा सरिक हुदा जनताको असाधरण उत्साह र असाधरण बिश्वास पाएको ओलीले बताउनु भयो । बिगतका नीति र ब्यवहारका कारण जनस्तरमा भरपर्दो आशा जगाएको पनि ओलीले जनाउनु भयो ।

उहाँले भन्नुभयो–‘अब मूलक फेरी हिँसाको चपेटामा जादैन भन्ने जनताले विश्वास गर्नु भएको पाएका छौ ।’ माओबादी केन्द्रसंग गठबन्धन भएपछि जनता समेत हर्षित भएको पाइएको ओलीले बताउनु भयो । बाम गठबन्धनको बिषयमा अहिले भ्रमहरु छर्ने काम भइरहेको भन्दै यो हठात्मा नभएको पनि उल्लेख गर्नु भयो ।

यसलाइ भत्काउने र हुन नदिने षडयन्त्र हुन्छ भन्ने जानेर नै गोप्य राखेर उपयुक्त समयमा आफूहरुले सार्वजनिक गरेको ओलीको दाबी रहेको थियो । ओलीले भन्नुभयो–‘हामीले बाहिर शुरुमा नल्याएको नै हो, किनकी यसलाइ फुटाउने र हुन नदिने शक्तिहरु धेरै सक्रिय हुने थिए ।’

बाम गठबन्धन बनाएर अहिले आफूहरुले राजनीतिक अभियान चलाएको बताउदै बाम गठबन्धनले दूइ तिहाइ मत ल्याउने दाबी पनि गर्नु भयो । उहाँले भन्नुभयो–‘पहिलो चरणको निर्वाचन सकिएको छ र दोश्रो चरणको निर्वाचनको मुखमा छौ, यस बिषयमा धेरै भन्नु छैन हामी दूइ तिहाइ मत ल्याउछौ ।’ अब मूलकमा स्थायि राजनीतिक प्रणालीको शुरुवात हुने समेत ओलीले बताउनु भएको छ ।

उहाँले भन्नुभयो–‘मूलकलाइ सहि दिशा र गन्तब्यमा लैजानका लागि यो एकता जरुरी थियो ।’ अबको प्रधानमन्त्री बिषयमा गरिएको प्रश्नमा ओलीले बाम गठबन्नधनका नेताहरुले आफ्नो पदका लागि नलड्ने र आफ्नो

ब्यवस्थापनको बिषयमा नसोच्ने सहमति बनेको बताउनु भएको छ । आफूहरुले मजबुत पार्टी चाहेकाले आफूहरुबीच पद भागमण्डाको बिषयलाइ प्राथमिकतामा नराखेको जनाउनु भयो । उहाँले भन्नुभयो–‘हामीले आफ्नो बिषयमा र भोली के पद पाउने भनेर अहिले सोचेका छैनौ, जनतालाइ सुखि बनाउने सपना देखेकाछौ, बोकेका छौ ।’

सबै नेताहरुको ब्यवस्थापन सहि रुपमा हुने भन्दै यसको चिन्ता गर्ने बेला अहिले नभएको उहाँको टिप्पणि थियो । ओलीले प्रतिनिधिसभा र प्रदेशसभाको एकैचोटी निर्वाचन भइरहेको अवस्थामा बाम गठबन्नधले जितेमा भारतसंग सम्बन्ध बिग्रने तथा नूनतेल बन्द हुने अफावह फैल्याएको भन्दै यसको बिरोध गर्नु भएको छ । निराधर र भ्रमपूर्ण तर्कहरु गरेर सार्वभौमसत्ता नेपालको अखण्डतालाइ कमजोर नबनाउने आग्रह गर्नु भयो ।

नेपाल र भारतबीच समुधुर सम्बन्ध हुने तर स्वभिमानलाइ निहुरिन नदिने ओलीले बताउनु भयो । उहाँले भन्नुभयो–‘सानो भएपनि सार्वभौम समनताको आधारमा चल्नुपर्छ र हामी दमित हुदैनौ, बराबरीको आधारमा सम्मानपूर्वक सम्बन्धलाइ माथि उठाउछौ ।’ दिनानुदिन बम पड्कने कार्य भइरहदा समेत त्यता ध्यान नदिएर कम्यूनिष्टहरुले जित्दा अधिनायकवाद आउछ, भारतले नाकाबन्दि गर्छ, बोल्न र लेख्न समेत पाइदैन भनेर जनतालाइ भ्रम छर्ने काम भइरहेको भन्दै ओलीले आक्रोश पनि पोख्नु भयो ।

आफूहरु देशभर बिकास र सम्बृद्धिको एजेण्डा लिएर गएको भन्दै नेपाली काँग्रेससंग एजेण्डा नै नभएकाले यस्तो बताउदै हिडेको र भ्रम फिजाएको ओलीको आरोप थियो । उहाँले भन्नुभयो–‘अब यस्तो भ्रम फिजाउनेहरु समाप्त हुन्छन् र नयाँ युगको शुरुवात हुन्छ ।’

ओली शुक्रबार गृहनगरमा ब्यस्त

ओली आफ्नो निर्वाचन क्षेत्र अन्र्तगत गृह जिल्ला दमकका बिभिन्न कोणसभाहरुमा सहभागि हुनु भएको छ । उहाँले शुक्रबारमात्र ४ वटा चुनावीसभालाइ सम्बोधन गर्नु भयो । दमक ३ आमचोकमा भएको चुनावीसभालाइ सम्बोधन गर्दै ओलीले बिकास र सम्बृद्धिको सपना साकार पार्नका लागि बाम गठबन्धनलाइ जिताउन आग्रह गर्नु भयो ।

अधिनायकवाद र सर्वसत्ताबाद आउछ भनेर जनतालाइ तर्साउनेहरुलाइ कम्यूनिष्ट सरकार हुदा कस्तो हुदो रहेछ भनेर देखाउने बताउनु भयो । यसैगरी दमक ९ चियादोकानमा भएको चुनावीसभालाइ सम्बोधन गर्दै ओलीले नेपाल जस्तो बहुभाषीक र बहुजातीय भएको समाजमा जातीय विभेदको कुरा गर्नु  जायज नहुने टिप्पणी गर्नु भयो ।

उहाँले भन्नुभयो–‘समतामूलक समाज र सबैले शिर ठाडो बनाएर हिड्ने राज्य स्थपना हाम्रो उदेश्य हो ।’ कुनै पनि प्रकारको बिभेद र अन्याय नभएको देशको रुपमा नेपाललाइ बिश्वमा चिनाउनका लागि आफूहरुको लडाइ रहेको उहाँले जनाउनु भयो ।

धिमाल संग्राहलयको पनि अवलोकनओलीले शुक्रबार नै झापाको दमक ९ स्थित निर्माणाधिन धिमाल संग्राहलयको अवलोकन गर्नु भएको छ । ओलीले संक्षिप्त सम्बोधन गर्दै नेपाल सबैको साझा फूलवारी भएको अनूभुत गर्ने राज्य आफूहरुले बनाउन चाहेको जनाउनु भयो ।

उहाँले सबै जातजाती र भाषाभाषिले गर्व गर्न लायक सरकार स्थपना हुने भन्दै बाम गठबन्धनलाई अधिक मत दिएर जिताउन धिमालहरुसंग उहाँले आग्रह पनि गर्नु भएको छ  । धिमालहरु पुर्वी नेपाल र बिशेष गरी झापा जिल्लामा मात्र बसोबास रहेको जाती हो । यो जातीलाइ दमक नगरपालिकाले पहिलो नागरिकको दर्जा समेत दिइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah