चुरोट पिउने वानी

सूर्तिमा भएको निकोटिनले छालामा रक्तसंचार कम गर्छ, त्यसैले चुरोट पिउनेहरुको अनुहारमा चमक कम हुन्छ । चुरोट पिउनेहरुको अनुहारमा चाउरी समेत छिटो पर्छ। राम्रोसंग अनुहारमा हेर्ने हो भने चुरोट पिउने र नपिउनेलाई सजिलै छुट्याउन सकिन्छ।

पोषण युक्त खानाको कमी

छाला लगायत शरीरका सवै अंग र मस्तिष्कलाई पोषणयुक्त खानाको आवश्यकता हुन्छ । पोषणयुक्त खानाको कमीका कारण पनि मानिस आफ्नो वास्तविक उमेर भन्दा वढी उमेरको देखिन्छ।

वढी गुलियो खाना

वढी चिनी, मिठाई, चकलेट, आइसक्रिम आदि खाने गर्दा शरीर र मस्तिष्क दुवैलाई वेफाइदा गर्छ र यसका कारण पनि कम उमेर मै छाला चाउरी पर्छ।

कम पानी पिउने 

शरीरलाई आवश्यक पर्ने पानी नपिउँदा छाला सुख्खा हुन्छ । प्रशस्त पानी पिउदा शरीर भित्रका फोहर पदार्थहरु मल, मुत्र र पसिनावाट वाहीर राम्रो संग निस्कन्छन् । पानीको कमी हुँदा डिहाइड्रेसन हुन्छ र त्यसको असर छालामा पनि देखिन्छ।

निद्राको कमी

दिनभर दौडधुप र परिश्रम गर्दा शरीर तथा मस्तिष्क थाकी आराम खोजी रहेको हुन्छ । करिव सात घण्टा जती सुतेपछि शरीर र मस्तिष्कले आराम पाउँछन् र पुन काम गर्नको लागि फ्रेस हुन्छन् । यदि शरीर र मस्तिष्कले आफुलाई पुनर्ताजगी गर्न आवश्यक पर्ने आराम पाएनन् भने विहान उठ्दै खेरी फ्रेस हुदैनन् । लगातार यस्तो भइराख्यो भने वास्तविक उमेर भन्दा वढी उमेरको देखिने, छाला चाउरी पर्ने आदि हुन्छ।

मानसिक तनाव

मानसिक तनावको असर शरीर र मस्तिष्क दुवैमा नराम्रो पर्छ । कतिपय छालाका रोगहरु जस्तै सोरायसिस, दाद, मानसिक तनाव हुँदा वढ्छन् । अनुहारमा पनि मानसिक तनावको असर नराम्रो पर्छ।

वढी घाममा वस्ने 

सूर्यको किरणले पनि छालालाई नराम्रो असर पार्दछ, त्यसैले धेरै घाममा वस्नु वा घाममा काम गर्नु पनि हानीकारक हुन्छ । वढी घाममा वस्नेहरुको छालामा एक किसिमको क्यान्सर समेत वढी हुने गरेको छ । ओजोनतह नष्ट हुदै गएकोले र सूर्यवाट निस्कने अल्ट्राभाएलेट किरणले यस्ता हानी गर्दछन् । तर यसको मतलव घाममा वस्नै हुदैन वा घाममा काम गर्नै हुदैन भन्न खोजेको भने होइन । शरीरको लागि भिटामिन ‘डी’ आवश्यक पर्छ र यसको लागि घाममा केहि समय वस्नु पनि आवश्यक हुन्छ । अर्थात सोझै मुखमा घाम नपर्ने गरी केहि समय घाममा वस्न सकिन्छ, वढी वस्नु हुदैन।

हार्मोनहरुको सन्तुलन विग्रने

शरीरको लागि धेरै प्रकारका हार्मोनहरुको आवश्यकता हुन्छ । महिलाहरुमा किशोरावस्था, गर्भावस्था र महिनावारीको साइकलको लागि विभिन्न हार्मोनहरु चाहिन्छन् । त्यस्तै गरेर महिला तथा पुरुष दुवैमा अन्य हार्मोनहरु आवश्यक पर्छन् । ती हार्मोनहरुको सन्तुलन विग्रदा पनि मस्तिष्कमा र शरीरमा असर पर्दछ । छाला सुख्खा हुने, खस्रो हुने यिनै कारण पनि हुन सक्छन्।

छालामा असर पार्ने कुराहरुवाट हामी टाढै रह्यौ भने मात्र हामी मानसिक र शारीरिक रुपले स्वस्थ्य रहन सक्छौं । स्वस्थ्य मन र स्वस्थ्य शरीर भएपछि मानिस स्वतः राम्रो देखिन्छ । त्यस कारण यी कुराहरुमा विशेष ध्यान राख्यौंै भने वास्तविक उमेर भन्दा कम उमेरको देखिन सकिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah