
बिष्णुप्रसाद पोखरेल
दमक/मूलकमा असाधरण उत्साह निर्वाचनले जगाएको छ । अहिले दमक चुनावमय बनेको छ । बिभिन्न राजनीतिक दलका कार्यक्रमहरुका कारण दमक निर्वाचनमय बनेको हो ।
दमकले यस्तो अवसर पाउदैछ यस क्षेत्रबाट एकैसाथ ५ देखि ६ जनासम्म साँसद पाउदैछ । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको जित भएमा प्रधानमन्त्री समेत दमकले पाउने छ । झापा ५ ले पाउनेछ ।
प्रदेशसभा सदस्यमा पनि १ जना साँसद निर्वाचित हुदैछन् । बाम गठबन्धनका साझा उम्मेदवार अर्जुन राइको पल्लाभारी रहेको छ । दमक र लखनपुर दुबै एमालेको पकड भएको क्षेत्र भएकाले राइले निर्वाचन जित्ने आँकलन गरिएको छ ।
काँग्रेसका राजन ढुंगाना पनि दमककै हुन् । जसले जिते पनि दमक कै जित हुनेछ । यस क्षेत्र कै साँसद बन्नेछन् । यो त भयो प्रत्यक्ष निर्वाचनमा २ साँसद जित्ने पक्कापक्की नै हो ।
प्रदेशसभा सदस्यमा समानुपातिक उम्मेदवारहरु पनि जित नजिक रहेकाछन् । प्रदेश नं. १ बाट प्रदेशसभा सदस्यका समानुपातिक उम्मेदवारको सूतिमा एक नम्बरमा रहेका ३ जना दमक कै रहेकाछन् ।
नेकपा एमालेका जिल्ला सदस्य समेत रहेका ओलीको चुनावी कमाण्ड समालिरहेका होमबहादुर थापा र लोकबहादुर धिमाल पक्कापक्की साँसद बन्नेछन् । खसआर्यमा पहिलो नम्बरमा थापा र आदिबासीको पहिलो नम्बरमा लोकबहादुर धिमाल उम्मेदवार रहेकाछन् ।
यसैगरी राप्रपाका सहमहामन्त्री राम थापा आफ्ना अपराजित यात्रालाइ यो पटक जित निकाल्ने शुरमा रहेकाछन् । उनि प्रदेश नं. १ मा प्रदेसशभा सदस्यका १ नम्बर सूचिमा रहेकाछन् । यसर्थ उनि पनि पक्का साँसदको सूचिमा हेरिएको छ ।
देशभर निर्वाचनमा थ्रेसहोल्ड कायम गराउन सकेमा थापा साँसद बन्नेछन् र आफ्नो जिबनका हरेक जिबनका अपराजित पाइलालाइ प्रदेशसभा साँसद भवनमा पुर्याउने छन् ।
नेपाली काँग्रेसबाट महेन्द्रकुमारी सुब्बा फेरी साँसद बन्ने अवस्था पनि कम आँकलन गर्न मिल्दैन । देउवा निकट सुब्बा यसभन्दा अगाडि पनि समानुपातिक साँसद रहेकी थिइन् । प्रतिनिधिसभा सदस्यमा पर्ने प्रवल सम्भावाना रहेको छ ।
चाहे जसले जितोस या साँसद पुगोस यस क्षेत्रका बासिन्दा तथा मतदाता बिकास चाहान्छन् । सम्बृद्धि चाहान्छन् । परिवर्तन चाहान्छन् ।



