चर्चित बलिउड अभिनेता, निर्माता तथा निर्देशक शशि कपूरको सोमबार निधन भएको छ । ७९ वर्षीय कपूर केही समयदेखि विरामी थिए । उनको कोकिलाबेन अस्पताल मुम्बईमा उपचार भैरहेको थियो ।

सन् १९३८ मार्च १८ मा जन्मेका शशि कपूरले सानै बाल कलाकारको रुपमा अभिनय यात्रा सुरु गरेका थिए । सन् १९६१ मा कपूर चलचित्र ‘धर्म पुत्र’ बाट अभिनेताका रुपमा बलिउड प्रवेश गरेका थिए । त्यसपछि लगातार एक से एक उत्कृष्ट चलचित्रमा अभिनय गरेका कपूरका ‘चोरी मेरा काम’, ‘फाँसी’, ‘शंकर दादा’, ‘दीवार’, ‘त्रिशुल’, ‘मुकद्धर’, ‘पाखण्डी’, ‘कभी–कभी’ तथा ‘जब जब फूल खिले’ जस्ता चर्चित चलचित्र रहेका छन् । उनले झण्डै ११६ चलचित्रमा अभिनय गरेका छन् । उनी ६१ वटा चलचित्रमा प्रमुख अभिनेताका रुपमा छन् भने ५५ वटामा मल्टीस्टारर चलचित्रका हिस्सा बनेका छन् ।

पर्दामा शशि कपूर र अमिताभ बच्चनको जोडी एकदमै राम्रो मानिन्छ । उनीहरुले सँगै अभिनय गरेको ‘सिलसिला’, ‘नमक हलाल’, ‘शान’, ‘अजूबा’, ‘सुहाग’ ‘दो और पाँच’ जस्ता चर्चित चलचित्र हुन् ।

बलिउड इन्डस्ट्रीमा छुट्टै पहिचान बनाउन सफल भएका शशि कपूरले थुप्रै अर्वाड पाएका छन् । उनलाई सन् २०११ मा भारत सरकारले पद्मभुषण प्रदान गरेको थियो । त्यस्तै सन् २०१४ मा दादासाहेब फाल्के पुरस्कारले उनलाई सम्मानित गरिएको थियो । बाबु पृथ्वीराज कपूर तथा उनका दाजु राज कपूरपछि यो सम्मान पाउने शशि कपूर कपूर परिवारको तेस्रो सदस्य हुन् ।

उनले ‘जुनून’, ‘कलियुग’, ‘३६ चौरंगी लेन’, ‘विजेता’, ‘उत्सव’ जस्ता चर्चित चलचित्रको निर्माण गरेका छन् । उनले विभिन्न १२ वटा अंग्रेजी चलचित्रमा पनि काम गरेका छन् । रोमान्टिक स्टारका रुपमा परिचिक कपूर नरहे पनि उनका चलचित्रलाई दर्शकले सँधै सम्झिरहनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah