बिष्णुप्रसाद पोखरेल
दमक । झापाको दमक उद्योग वाणिज्य संघले पूर्वमा नै पहिलो पटक ब्यवसायी हितकोष सञ्चालनमा ल्याएको छ । पहिलो पटक संघले आफ्ना मृत्युपछि आफ्नो सदस्य परिवारलाइ एकलाख रुपिया प्रदान गरेको छ । संघले यसै बर्षबाट मरणोपरान्त ब्यवसायीको परिवारलाइ एकलाख रुपिया दिन शुरु गरेको हो ।
बाणिज्य संघका सदस्य स्वं. भीम बहादुर हिङ्मान दर्जीको परिवारलाई दमक उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकाल, हितकोष उपसमितिका संयोजक युवराज घिमिरे सहितले १ लाख रुपियाको चेक प्रदान गर्नु भएको थियो । संघले हितकोषबाट सदस्यको मृत्यु भएमा परिवारलाइ १ लाख र सदस्य परिवारको मृत्यु भएमा २५ हजार दिने अध्यक्ष राजेन्द्र ढकालले बताउनु भयो ।
कार्तिक मसान्त सम्ममा दमक उद्योग वाणिज्य संघमा १२ सय ८ जनाले ब्यवसायी हितकोषमा सहभागि भएको ढकालले जानकारी दिनु भयो । पसल तथा फर्ममा आगलागी भएमा र आपत् पर्दा समेत सहयोग गर्न थालिएको हो । दमकमा रतुवा खोलामा आएको बाढीले धेरै ब्यवसायीको गोदाममा राखिएको सामान नष्ट हुदा रुवाबासी चलेपछि यो अवधारण ल्याइएको जनाईएको छ ।
ब्यवसायीक हितकोष उप समिति संयोजक युवराज घिमिरेका अनुसार आगलागि, बाढीपहिरो र बिभिन्न भबितब्यमा पर्दा ब्यापारीहरुको बेहाल भएकाले ब्यवसायीक हितकोष यस बर्षबाट सञ्चालनमा ल्याईएको हो । ब्यवसायी र ब्यवसायीको परिवारलाइ हाम्रो साथमा हामी छौ भन्ने अनुभुत गराउनका लागि पनि यो जरुर रहेको बाणिज्य सघका बरिष्ठ उपाध्यक्ष बिमल खतिवडाले बताउनु भयो ।



