बिहीवार हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावको मतगणना ढिलो नभएमा मध्य माघ देखि फागुन पहिलो साता सम्ममा मुलुकले नयाँ सरकार पाउने भएको छ । प्रतिनिधि सभा र प्रदेश सभाका लागि मंसिर १० गते पहिलो चरणको निर्वाचन सम्पन्न भइसकेको छ भने दोस्रो चरणको मतदान मंसिर २१ गते हुँदैछ ।
दुवै चरणको निर्वाचन सम्पन्न भएपछि मंसिर २१ गते साँझ ५ बजेबाट मतगणना शुरु हुनेछ । निर्वाचन आयोगले यसपटक समानुपातिक तर्फको मतगणना पनि एक साताभित्रै सक्ने जनाएको छ ।

‘एकहप्ता भित्र सम्पूर्ण मतगणना सम्पन्न गर्ने लक्ष्य राखेका छौं,’ आयोगका प्रवक्ता नवराज ढकालले भने, ‘ढिलो भयो भने पनि प्रत्यक्ष तर्फको नजिता आएको एक हप्तामा समानुपातिको नजिता सार्वजनिक भइसक्छ ।’
यसअघि पहिलो र दोस्रो संविधानसभा निर्वाचनको मतगणना अत्यन्त सुस्त गतिमा भएको थियो । मंसिर मसान्तसम्म निर्वाचनको सम्पूर्ण नतिजा सार्वजनिक भइसक्ने आयोगले जनाएको छ ।
स्थानीय तहको निर्वाचनको मतगणनामा पनि ढिलाइ भएको थियो । ‘विगतमा भएको ढिलासुस्तीबाट पाढ सिकेर हामीले एक हप्तामै नतिजा आउनेगरी व्यबस्थापन गर्छाैं,’ प्रवक्ता ढकालले भने ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमवार लोकान्तरसंगको अन्तर्वार्ताका क्रममा मध्य पुससम्म नयाँ सरकार गठन भइसक्ने दावी गरेका थिए । विभिन्न प्रक्रिया पूरा गर्नुपर्ने भएकोले मध्य पुस सम्ममा सरकार गठन हुने सम्भावना भने कम देखिएको छ ।

माघ पहिलो साता संसद अधिवेशन !
मंसिर मसान्त सम्ममा निर्वाचनको नतिजा आएमा पौष अन्तिम देखि माघ पहिलो साता सम्ममा संसदको अधिवेशन आह्वान गर्न मिल्ने संसद सचिवालय स्रोत बताउँछ । तर समानुपातिकको अन्तिम नतिजा आउन भने केही समय लाग्ने भएकाले अहिले नै भन्न नसकिने निर्वाचन आयोग स्रोतको भनाइ छ ।
संविधानको धारा ९३ मा प्रतिनिधि सभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र राष्ट्रपतिले संसदको अधिवेशन आह्वान गर्ने व्यबस्था छ । मंसिर मसान्त या पौष पहिलो सातासम्म अन्तिम नतिजा आएमा एकमहिना पछि अर्थात् पौष अन्तिम या माघ पहिलो साता संसदको अधिवेशन शुरु हुने सचिवालयको भनाइ छ ।

संसद अधिवेशनको पहिलो काम सभामुखको निर्वाचन गर्नु हुनेछ । संविधानको धारा ९१ मा प्रतिनिधि सभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुखको निर्वाचन गर्ने व्यबस्था छ । सभामुखको निर्वाचन पछि राष्ट्रपति, उपराष्ट्रपति र प्रधामनन्त्रीको निर्वाचन गर्नु संसदको काम हुनेछ ।
ज्येष्ठ सदस्यले संसदको पहिलो बैठकको अध्यक्षता गर्ने र पहिलो बैठकबाट संसद सञ्चालन नियमावली समिति गठन गर्ने तथा सभामुख निर्वाचनको कार्यतालिका प्रकाशित गर्ने संसदको प्रचलन छ । माघ पहिलो साताभित्र संसदको अधिवेशन शुरु भएमा १५ माघ अगावै सभामुखको चुनाव सम्पन्न हुनेछ ।

सभामुखको निर्वाचन सम्पन्न गरेपछि संसदको प्राथमिकता प्रधानमन्त्रीको चयन गर्नु हुनेछ । संविधानको व्यबस्था अनुसार सहमतीय सरकार गठनको समय र संसदमा बहुमतीय प्रधानमन्त्री चयन प्रक्रिया पूरा गर्दा माघ अन्तिम सातादेखि फागुन पहिलो साता सम्ममा सरकार गठन हुनसक्ने प्रारम्भिक अनुमान छ ।
प्रतिनिधि सभामा कुनै दलले बहुमत ल्याउन नसकेमा या दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा सरकार बन्न नसकेमा प्रतिनिधि सभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र प्रधानमन्त्री निर्वाचित हुन नसक्ने अबस्थामा राष्ट्रपतिले प्रतिनिधि सभामा सबभन्दा बढी सदस्य रहेको दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने व्यबस्था छ । संविधानको धारा ७६ को उपधारा ४ मा त्यसरी निर्वाचित भएको प्रधामनन्त्रीले तीन दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने व्यबस्था छ ।

बामपन्थी र लोकतान्त्रिक गठबन्धन दुवैले बहुमत ल्याउने दावी गरेका छन् । राजनीतिक धु्रबीकरणका कारण कुनै गठबन्धनलाई बहुमत पुराउन विगतमा जस्तो अप्ठेरो नपर्ने आकलन गरिएको छ ।

प्रदेशसभा कहाँ बस्ने टुंगो छैन !
संविधानको धारा १८३ मा प्रदेश सभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले २० दिनभित्र प्रदेश प्रमुखले प्रदेश सभाको अधिवेशन आह्वान गर्ने व्यबस्था छ । तर सरकारले अहिलेसम्म प्रदेशको राजधानी तोकिसकेको छैन ।
प्रतिनिधि सभामा जस्तै प्रदेश सभामा पनि पहिलो बैठक बसेको १५ दिनभित्र प्रदेश सभामुख निर्वाचित गर्ने व्यबस्था छ । त्यसपछि प्रदेश सभाले मुख्यमन्त्रीको निर्वाचन गर्नेछ ।

प्रदेश सभाको अभ्यास नेपालमा पहिलो पटक हुन लागेको हो । निर्वाचनका लागि मौन अबधी शुरु भइसक्दा समेत प्रदेश सभाको बैठक कुन ठाउँमा बस्ने भन्ने टुंगो लाग्न सकेको छैन । प्रदेश सभाको बैठकले प्रदेशको नामाङकन र राजधानीको स्थान टुंगो लगाउने छ । प्रदेशको राजधानी कहाँ राख्ने भन्ने बिषयलाई लिएर दलहरुबीच विबाद छ ।

प्रतिनिधिसभा बैठक नयाँ बानेश्वरमै
नयाँ गठन हुने प्रतिनिधि सभाको बैठक भने यसअघि संविधानसभाको बैठक बसेको नयाँ बानेश्वरस्थित अन्तराष्ट्रिय सम्मेलन केन्द्रमै बस्ने भएको छ । संसद सचिवालयले प्रतिनिधिसभा बैठक स्थलतको मर्मत सम्भारको काम गरिरहेको छ । संसद सचिवालयले वार्षिक १० करोड रुपैयाँ भाडा तिरेर अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई संसद भवनको रुपमा प्रयोग गर्दै आइरहेको छ ।
यसअघि प्रतिनिधि सभाको बैठक बस्ने गरेको सिंहदरवार स्थित ग्यालरी बैठक २०७२ सालमा गएको भूकम्पका कारण भत्किएको छ । ग्यालरी बैठकमा प्रतिनिधि सभाको बैठक बस्न नसक्ने भएपछि नयाँ संसद पनि वानेश्वरमै बस्ने भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah