दमक/झापाको दमक स्थित हिमाबि मतदान केन्द्र नजिकै अज्ञात समुहले राखेको शंकाश्पद बस्तु बिस्फोटक पदार्थ भएके ठानेर नेपाली सेनाले डिस्पोज गर्दा बालुवाको पोकोमात्र फेला परेको बताईएको छ ।
प्रहरीका अनुसार एउटा बट्टामा शंकाश्पद बस्तु स्थानीयले देखेपछि प्रहरीलाइ खबर गरेका थिए । डिस्पोज गर्दा त्यहाँभित्र कुनै बिस्फोटक पदार्थ नरहेको पाईको इलाका प्रहरी कार्यालय दमकका प्रमुख दिपक गिरीले बताए ।
मतदान प्रक्रियालाइ प्रभावित पार्नका लागि यस खालको गतिबिधि भएको बताईएको छ । इलाका प्रहरी कार्यालय दमकका प्रमुख गिरीका अनुसार भरपर्दो सुरक्षा ब्यवस्था मिलाईएकाले ढुक्कका साथ मतदान गर्न सकिने अवस्था रहेको छ ।
पछिल्लो केहि दिनयता केहि घटना नभएपनि बम पड्किएको, बम राखिएको भन्दै हल्ला मच्चाउने गिरोह सक्रीय भएपछि प्रहरीले झनै सुरक्षा बलियो बनाएको बताईएको छ ।
दमकमा लगातर दूइदिन देखि यस्ता किसिमका हल्लाहरु फैल्याउने काम भइरहेको जनाइएको छ । यस्ता हल्ला भिजाउनेहरुको पहिचान भएमा उनिहरुलाइ समेत पक्राउ गर्ने प्रहरीले जनाएको छ ।



