काठमाडौं, २२ मंसिर– प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्पाचनको मतगणना जारी रहँदा प्रदेश नम्बर ७ का अधिकांश निर्वाचन क्षेत्रमा वाम गठबन्धनको अग्रता कायम रहेको छ । पहिलो चरणमा निर्वाचन भएका बैतडी, दार्चुला, बझाङ र बाजुरा जिल्लाका निर्वाचन क्षेत्रमा मतगणना जारी रहेको ।
पछिल्लो मतपरिणामअनुसार एटा मात्रै निर्वाचन क्षेत्र रहेको बैतडीमा प्रतिनिभिसभा सदस्यमा वामगठबन्धनको तर्फबाट एमालेका दामोदर भण्डारीले ६ हजार ९ सय ७२ र नेपाली काँग्रेसका नरबहादुर चन्दले ५ हजार २ सय ६९ मत प्राप्त गरेका छन् ।
बैतडी प्रदेशसभा (ख) मा वाम गठबन्धनको अग्रता रहेको छ । पछिल्लो मत परिणमअनुसार वाम गठबन्धनका उम्मेद्वार नेकपा माओवादी केन्द्रका आदित्य भट्टले ६ हजार १ सय ४७ र लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार नेपाली काँग्रेसका हरी मोहन भण्डारीले ४ हजार ७ सय ३८ मत प्राप्त गरेका छन् । प्रदेश क मा अहिलेसम्म १३ हजार ८ सय ५ मत गनिसकिएको छ ।
यसैगरी प्रदेश नम्बर ख मा वाम गठबन्धनका उम्मेद्वार एमालेका लिलाधर भट्टले ६ हजार ४ सय ५३ मत प्राप्त गरेका छन् भने लोकतान्त्रिक गठबन्धनका तर्फबाट राप्रपाका गणेश चन्दले ४ हजार ८ सय ५७ मत प्राप्त गरेका छन् । प्रदेश ख मा अहिलेसम्म १२ हार ४७ मत गनिसकिएको छ ।
प्रदेश नम्बर ७ अन्तर्गत पहिलो चरणमा मतदान भएको अर्को उच्च पहाडी जिल्ला दार्चुला प्रतिनिधिसभा उम्मेद्वार वामगठबन्धनका गणेश ठगुन्नाले ११ हजार ८ सय ४९ मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेसका उम्मेद्वार बिक्रम धामीले ८ हजार १ सय ४७ मत प्राप्त गरेका छन् ।
जिल्लाको प्रदेश कमा वा गठबन्धनका तर्फका उम्मेद्वार नेकपा एमालेका ग्याल्बु सिंह बोहराले ३ हजार १ सय ६० र लोकतान्त्रिक गठबन्धन तर्फका उम्मेद्वार नेपाली काँग्रेसका मदन गिरीले २ हजार ३ सय ३ मत प्राप्त गरेका छन् ।

यस्तै प्रदेश खमा वाम गठबन्धनकातर्फबाट नेकपा मओवादी केन्द्रका मानबहादुर धामीले ३ हजार ६ सय ९३ र लोकतान्त्रिक गठबन्धनका तर्फबाट काँग्रेसका जगदिश पालले २ हजार ९ सय ७३ मत प्राप्त गरेका छन् ।
यसैगरी पछिल्लो मत परिणामअनुसार प्रदेश नम्बर ७ अन्तर्गत पहिलो चरणमा मतदान भएको बझाङ प्रतिनिधिसभा उम्मेद्वारमा वाम गठबन्धनका तर्फबाट एमालेका भैरब बहादुर सिंहले २० हजार ६ सय ३० मत प्राप्त गरेका छन् भने लोकतान्त्रिक गठबन्धनका तर्फबाट काँग्रेसका पृथ्वी बहादुरले १६ हजार ८ सय १३ मतका साथ पछिपछि रहेका छन् ।
त्यहाँ विवेकशील साझा र संघीय समाजवादीका दुबै पार्टीका उम्मेद्वार ३ सय २१ मत प्राप्त गरेका छन् ।
जिल्लाको प्रदेशसभा क तर्फ एमालेका अर्जुनबहादुर थापा १० हजार ६ सय ७२ र नेपाली काँग्रसका चन्द्रदेवी जोशी ७ हजार ९ सय ९२ मत प्राप्त गरेका छन् ।
यस्तै प्रदेशसभा ख तर्फ माओवादी केन्द्रबाट उम्मेद्वारी दिएकी देवकी मल्लले ८ हजार २ सय ६९ र नेपाली काँग्रेसका नरेशबहादुर सिंहले ७ हजार ९ सय २६ मत प्राप्त गरेका छन् ।
पहिलो चरणमा मतदान भएको बाजुराको पछिल्लो मत परिणमअनुसार प्रतिनिधिसभा उम्मेद्वारमा वाम गठबन्धन तर्फका एमालेका लालबहादुर थापाले ४ हजार ३ सय ६६ र नेपाल काँग्रेसका कविराज पण्डितले ४ हजार ६ सय २२ मत प्राप्त गरेका छन् ।
जिल्लाको प्रदेश क मा वाम गठबन्धनका उम्मेद्वार बलदेब रेग्मीले ४ हजार ९ सय ७० मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेसका जनकराज गिरीले ३ हजार ६ सय ६९ मत प्राप्त गरेका छन् ।
बाजुराकै प्रदेश ख को पछिल्लो मत परिणामअनुसार वाम गठबन्धनका उम्मेद्वार एमालेका प्रकाश शाहको ५ हजार ४ सय ४३ मत र नेपाली काँग्रेसका पदमशहादुर शाही ५ हजार ३ सय १ मत प्राप्त गरेका छन् ।



