बिष्णुप्रसाद पोखरेल
दमक/नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री, नवनिर्वाचित प्रतिनिधिसभा सदस्य उम्मेदवार केपी शर्मा ओली आज मंगलवार ३ बजे बिजय र्यालीमा सहभागि हुन दमक आउने भएकाछन् ।

यसका लागि भब्य तयारी शुरु भएको बताईएको छ । ओली दमक आउने भएपछि सुरक्षा ब्यवस्था समेत अत्यन्त कडा बनाईएको छ । ओलीले अबको प्रधानमन्त्रीको रुपमा समेत हेरिदै छ ।

ओलीले भारी मतान्तरले नेपाली काँग्रेसका उम्मेदवार खगेन्द्र पाण्डव अधिकारीलाइ हराएका थिए । उनि बाम गठबन्धनका साझा उम्मेदवार रहेका थिए । ओलीले चुनाव अघि बिजय जुलुसमा सहभागि हुन आउने भन्दै स्थानीयसग बिदा मागेर गएका थिए ।

दोश्रो संबिधान सभामा बिजयपछि ओली आफ्नो निर्वाचन क्षेत्रमा भएको बिजय र्यालीमा सहभागि भएका थिए । दमक, लखनपुर, तोपगाछीमा उनि र्यालीमा सहभागि भए ।

ओलीले बिजय पश्चात धेरै ठाँउमा बिजयसभामा आउने भन्दै कार्यकर्ताहरुलाइ हौस्याएका थिए । बचन दिएका थिए ।
ओलीलाइ आउदो प्रधानमन्त्रीको रुपमा हेरिन थालेको छ ।

अहिले सामाजिक सञ्जाल देखि लिएर सञ्चारमाध्यमहरुमा समेत त्यसरी नै ब्याख्या गरिन थालेको छ ।

को हुन ओली ?

नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा (केपी) ओलीको जन्म २००८ साल फागुन ११ गते भएको हो । एमाले संसदिय दलका नेता समेत रहेका ओली नेपालको ३८ औं प्रधानमन्त्री बन्नु भएको थियो । २०७२ असोज २४ गते नेपालको ३८ औं प्रधानमन्त्रीको रूपमा निर्वाचित हुनु भएको थियो । त्यसअघि उहाँ गृहमन्त्री, उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्रीसमेत हुनु भएको थियो । ओली २०४८ सालमा झापा क्षेत्र नम्बर ६ र २०५९ सालमा झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनु भएको थियो ।

ओली २०५१ सालदेखि २०५२ सालसम्म गृहमन्त्री हुनुभयो । २०६४ देखि २०६५ सम्म ओली उपप्रधान एवम् परराष्ट्र मन्त्री हुनुभयो । ओलीको जन्म तेह्रथुम जिल्लाको इवा गाउँमा भएको थियो । उहाँका बाबु मोहनप्रसाद ओली र आमा मधु ओली हुन् । २०२२ सालमा कम्युनिष्ट राजनीतिमा लागेका ओलीले २०२६ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिनु भएको थियो । २०२८ सालको झापा आन्दोलनका प्रमुख मध्येका एक हुनुहुन्थ्यो । त्यही वर्ष उहाँ जेल पर्नुभयो । ओली तत्कालिन नेकपा (माले) को संस्थापक नेता समेत हुनुहुन्छ ।

पञ्चायती व्यवस्थाविरुद्धको संंघर्षका क्रममा ओलीले २०२८ देखि २०४४ सम्म १४ वर्ष जेल जीवन बिताउनु भएको छ । ओली २०४८, २०५१ र २०५६ को आम निर्वाचनमा झापा जिल्ला क्षेत्र नं ६ बाट प्रतिनिधि सभामा निर्वाचित हुनु भएको थियो । पहिलो संविधान सभा निर्वाचन २०६४ मा भने उहाँ झापाको क्षेत्र नं ७ बाट पराजित हुनुभयो । २०४९ सालमा नेकपा (एमाले) को स्थायी कमिटी सदस्य भएका ओली २०७१ असारमा पार्टीको अध्यक्ष निर्वाचित हुनुभयो । दोश्रो संविधानसभा निर्वाचन २०७० मा उहाँ झापा क्षेत्र नं ७ बाट निर्वाचित हुनुभयो ।

झापामा विद्यालय जीवन सुरु गरेर ओलीले कक्षा ४ सम्मको अध्ययन गाउँमा पूरा गर्नु भएको थियो । ओलीले झापाको आदर्श माध्यमिक विद्यालयबाट २०२८ सालमा प्रवेशिका परिक्षा एसएलसी उत्तिर्ण गर्नु भएको थियो । भाषण गर्दा उखान–टुक्कालाई प्रयोग गर्ने बानीका कारण उहाँको भाषण धेरैले रुचाउँछन् । ओली हाल भक्तपुरको बालकोटमा बस्दै आउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah