विवादका कारण सोमबार बिहानदेखि रोकिएको  सुनसरी ३ को मतगणना अझैं सुरु हुन सकेको छैन ।  मतपेटिकाको सिलका विषयमा विवाद हुँदा  गणना  अवरुद्ध बनेको थियो ।

जिल्ला निर्वाचन कार्यालय सुनसरीका निर्वाचन अधिकृत भक्तबाहादुर भट्टराईले सहमति जुटाउन मंगलबार बिहान सर्वदलीय बैठक बोलाइएको जानकारी दिए ।  सुनसरी १ मा   कांग्रेस नेता  विजय गच्छदार र एमालेकी भगवती चौधरीबीच तीव्र प्रतिस्पर्धा छ।

मतगणनाको क्रममा मतपेटिकाको शिल शंकास्पद अवस्थामा भेटिएको भगवतीको दाबी छ । सोपछि उनका कार्यकर्ताले मतदान अधिकृतले नै गच्छदारलाई जिताउन धाँधलीको प्रयास गरेको आरोप लगाएका छन् भने यसकै विरोधमा सोमबार दिनभर नाराबाजीसमेत गरेका थिए ।

पछिल्लो मतगणनाको सार्वजनिक नतिजानुसार चौधरीले २९ हजार ३२६ र गच्छदारले भगवतीभन्दा १५५ मत कम अर्थात् २९ हजार १७१ मत प्राप्त गरेका छन्  ।

यो नतिजा प्राप्त हुनुअघि सार्वजनिक गरिएको मतपरिणामअनुसार गच्छदारले झिनो मतान्तरले अग्रता लिएपनि चौधरीले पुन अग्रता लिएसँगै मतगणनाको मतपेटिका संकास्पद अवस्थामा भेटिएको भन्दै चौधरीले विरोध गरेपछि मतगणना रोकिएको हो ।

चौधरीले  धाँधली हुनसक्ने भन्दै सुरुदेखि नै कडा रुपमा प्रस्तुत हुँदै आएकी छिन् ।  स्मरण रहोस्  ०७० सालको संविधानसभा निर्वाचनमा चौधरीलाई नै झिनो मनान्तरले हराउँदै गच्छदार विजयी भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah