बिष्णुप्रसाद पोखरेल
दमक/झापाको दमकबाट बुधबार बिहान भारतीय २ हजार दरका ४८ वटा नोट सहित एक ब्याक्ति पक्राउ परेकाछन् । दमक ६ स्थित नयाँ शब्जि बजारबाट नक्कली भारु ९६ हजार सहित भारतीय नागरिक पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय दमकका प्रहरी प्रमुख दिपक गिरीका अनुसार भारतको पश्चिम बंगालको आमलगञ्ज तालगाछीस्थित हरिशचन्द्रपुर माल्दा बस्ने ३१ बर्षीय मोहमद अरजउल करिम मियालाइ पक्राउ गरेर अनुसन्धान शुरु गरिएको छ ।
पक्राउ परेका मियाको साथबाट एउटै नम्बर भएका १४ वटा नोट सहित पक्राउ गरिएको गिरीले जनाए । शंकाश्पद रुपमा भारतीय रकम बोकेको आँशकामा प्रहरीले उनको पिछा गरेको थियो ।
शब्जि बजारमा भारतबाट धेरै शब्जि आउने भएकाले यहाँ कारोबार गर्दा कसैले आँशका नगर्ने उक्त रकम चाँडो साटिन सक्ने भएकाले मिया यहाँ आएको हुनसक्ने बताइन्छ ।
मियालाइ प्रहरीलाइ आफू काठमण्डौबाट आएको प्रारम्भिक बयान दिएको पनि प्रहरी श्रोतको भनाइ रहेको छ । उनले कारोबार गरे नगरेको भन्ने नखुलेको र पेन्टको गोजीबाट यो रकम बरामद भएको प्रहरी प्रमुख गिरीले बताए ।
प्रहरीले शंकाश्पद नक्कली नोट जाँचका लागि बिभिन्न बैक र स्थानीय मनि चेन्जरहरुमा गएर गराएको थिए । मेल नखाएपछि नक्कली भएको ठहर गरेको प्रहरीको भनाइ रहेको छ ।



